शुक्रबार, जेष्ठ २३, २०७७
BigTop ताजा

उपत्यका प्रदेश अन्र्तगतका ११९ पत्रकारको कोभिड बीमा

काठमाडौ जेठ १० ,जेठ कोभिड–१९ को सङ्क्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको ‘कोभिड पत्रकार बीमा’ गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाको पहल एवं मिसन मिडिया क्लबको आर्थिक सहयोगमा प्रतिपत्रकार रु एक लाखको कोरोना बीमा गराएको हो । महासचिव झाले उपत्यका प्रदेशअन्तर्गतका जिल्लामा आवद्ध क्रियाशील पत्रकारको बीमाका लागि क्लबले प्रतिव्यक्ति रु ६०० का दरले ११९ जनाको बीमा शुल्क तिर्न सहयोग गरेको जानकारी दिनुभयो ।

उक्त बीमाअनुसार  कुनै पत्रकारमा दुई पटकसम्मको रिपोर्टमा कोभिड– १९ पोजेटिभ देखिएको अवस्थामा  बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले रु एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउनेछ । यसअघि कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमसँगै मिसन मिडिया क्लबका अध्यक्ष समेत रहनुभएका महासचिव झाले बीमा कार्यक्रम घोषणा गर्नुभएको थियो । यसैगरी दोस्रो चरणमा थप २५१ जनाको पनि कोभिड पत्रकार बीमा गर्ने सम्बन्धि आवश्यक तयारी   भइरहेको क्लबले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु