शनिबार, बैशाख ८, २०८१

सरकारी मातहतका औषधि उद्योगबाट स्यानिटाइजर उत्पादन ,कृतिम अभावको श्रृखलामा लाग्यो विराम !

निम्नकोटीका स्यानिटाइजर उत्पादन गर्दै उपभोक्ता वृतमा ब्रम्हलुट गर्न पल्केका मुनाफाखोरको निद हराम

काठमाडौ चैत २७ , विश्वव्यापी – कोभिड १९ को बढ्दो संक्रमण र यसबाट जोगिन प्रयोग हुने स्यानिटाइजरको कालाबजारी कृतिम अभाव र गुणस्तरहिन स्यानिटाजरको वोलवालाको श्रृखलालाइ क्रमभंग गर्दै राज्य मातहत रहेका नेपाल औषधि लिमिटेडले विद्यमान यावत यी यस्ता समस्याको निराकरणका लागि स्यानिटाइजर उत्पादन तथा विक्री वितरण सुरु गरेको छ ।

मुलुकमा सरकारी स्तरबाटै औषधि उत्पादन गर्ने उद्देश्यका साथ कम्पनी ऐन २०२१ अन्तर्गत २०२९ सालमा स्थापित नेपाल औषधि लिमिटेडले पछिल्लो समय विभिन्न आरोह अवरोहलाइ छिचोल्दै सिटामोल, जीवनजल दुखाइ कम गर्ने औषधि ‘सिटाप्लस’ लगायतका औषधिको मात्र उत्पादन गर्दै आइरहेको थियो ।

तर कोभिड-१९को संक्रमणबाट जोगिन आम नागरिकले स्यानिटाजरको प्रयोग गर्नथालेपछि एकाएक बजारमा यसको अभावमात्र होइन कालाबजारीले समेत अनियन्त्रितरुपमा प्रशय पाउन थालेपछि नेपाल औषधि लिमिटेडले गत चैत २ गतेबाट विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुरुप स्यानिटाजरको उत्पादन सुरु गरेको नेपाल औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री बज्राचार्यले यही चैत २ गतेदेखि उत्पादन सुरु भएको जानकारी दिनुभएको छ ।

WHO को मापदण्डअनुसार उत्पादित स्यानिटाइजर

निमित्त महाप्रबन्धक बज्राचार्यका अनुसार विश्व स्वास्थ संगठनको मापदण्डअनुसार औषधि जगतको नियमक निकाय औषधि व्यवस्था विभागको स्वीकृतिमा कम्पनीले बजारमा स्यानिटाजरको बढ्दो माग समेतलाइ दृष्टिगत गर्दै उपभोक्ताले सहजरुपमा प्राप्ति गर्न सक्नेगरि सय एमलको बोतलमा उत्पादित स्यानिटाजरको १ सय ७५ रुपैयाँ विक्री मूल्य रहे पनि यसको थोक मुल्य भने रु एकसय ५० रुपैयाँ रहेको छ। खुल्ला रुपमा लान चाहनेले प्रतिलिटर १२५० मा किन्न सक्ने र सर्वसाधारणरुले पनि थोकमा खरिद गर्न पाउने जानकारी दिनु भएको छ। त्यस्तै कम्पनीका निमित्त महाप्रबन्धक बज्राचार्यले हामीसंगको  अन्तर संवादको क्रममा दैनिक उत्पादन क्षमता २० हजार रहेको जानकारी दिदै  आवश्यक परेको अवस्था यसको दुइगृण समेत उत्पादन गर्न सक्ने  बताए । स्यानिटाइजर उत्पादन भएयता , अस्पताल, स्थानीय निकाय लगायत सरकारी कार्यालयबाट परिणात्मक रुपमा माग आउने गरेको उहाँको जनाउ रहेको छ । 

सिटामोल उत्पादन गर्दै
उत्पादित सिटामोल प्याकिङ्गको लागि छान्दै
प्याकिङ्ग मेसिन

त्यस्तै नेपाल औषधि लिमिटेडबाट स्यानिटाजर उत्पादन र विक्री वितरणभएसंगै पछिल्लो समय यसको कृतिम अभाव कालोबजारीको चर्चामा समेत क्रमिक रुपमा विराम लाग्न थालेको छ । एक् औषधि व्यवसायीले आफ्नो नाम उल्लेख नगर्ने शर्तम भने सरकार मातहतका औषधि उद्योगबाट स्यानिटाजरको उत्पादन सुरुभएसंगै निम्नकोटीका स्यानिटाइजर उत्पादन गर्दै उपभोक्तवृतमा ब्रम्हलुट गर्न पल्केका मुनाफाखोरहरुको निद हराम भएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।