बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा रोकिएका नागरिकलाइ उपत्यकामा वाहिर पठाउने कुनै निर्णय भएको छैन : गृह मन्त्रालय

  समितिको बैठकबाट आफैले गरेको निर्णयबाट सरकार पछि हटेसंगै सरकारको निर्णय क्षमतामाथिनै   प्रश्न

काठमाडौं चैत २७ , विश्वव्यापी कोभिड- ९१ को संक्रमणको उच्च जोखिमका कारण सरकारले गत चैत ११ बाट आगामी बैशाख ३ सम्म कायम रहने गरि जारी गरेको लकडाउन आदेशका वीच शुक्रवार र शनिवारका दुइ दिनका लागि खुला गर्दै काठमाडौं उपत्यकामा रोकिएकालाई घरसम्म जान दिने सवालमा कुनै निर्णय नभएको गृहमन्त्रालयले जनाएको छ ।

यसअघि उच्चस्तरीय समन्वय समिति आज बसेको बैठकको निर्णय समितिको आधिकारिक फेसवुक पेजमा सार्वजनिक भएको थियो ।

यसअघि उच्चस्तरीय समन्वय समिति आज बसेको बैठकको निर्णय अनुरुप शुक्रवार र शनिवार दुइ दिन काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय भएको जानकारी प्राप्त भएको एकाध घण्टामानै गृहमन्त्रालयले सञ्चाररमाध्यम देखि सामाजीक सञ्जालमा प्रमुख विषयको रुपमा समाचार प्रकाशन र प्रशारण भएको प्रस्तुत निर्णय  सहितको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारी द्दारा हस्ताक्षरित विज्ञप्तिमा लकडाउन आदेशका कारण उपत्यकामा रोकिएका नागरिकलाइ उपत्यका वाहिर पठाउने कुनै  निणर्य नभएको सम्वद्ध सवैमा जानकारीका लागि अनुरोध रहेको व्यहोरा उल्लेख गर्दै   खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा भ्रममा नर्पन आग्रह गरिएको छ ।

यद्यपी समितिको बैठकबाट आफैले गरेको निर्णयबाट सरकार पछि हटेसंगै सरकारको निर्णयक्षमतामाथिनै   प्रश्न उठेको अवस्था छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।