शुक्रबार, चैत्र १६, २०८०

राहत वितरण : असङ्गठित क्षेत्रका ज्यालादारी ,मजदूर पहिलो प्राथमिकतामा- महानगर प्रमुख शाक्य

काठमाडौ चैत २१ , काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दी आदेशबाट प्रभावित भएका असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको बताउनु भएको छ ।

राहत वितरणको सवालमा अनेकन टिकाटिप्णीभएसंगै महानगर प्रमुख शाक्यले केन्द्रीय सरकारको निदेशन अनुरुप महानगर अन्र्तगतका वडा समितिले वितरित राहतको विषयमा डेरामा बस्नेहरुलाई मात्र राहत दिने नभइ काठमाडौमा घर भएरै पनि खाद्यवस्तु किनेर खान सामथ्र्य नराख्ने घर परिवार समेत राहतको लाभग्राही भएको बताउदै सरकारी सेवामा रहेका डेरावालहरुले यस्तो राहत नपाउने प्रष्ट अभिव्यक्ति दिनु भएको छ ।

साथै उहाँले विपद्का बेला सन्त्रासको वातावरण थप प्रशय दिन नहुनेमा जोड दिदै सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको पहिचान र उसको स्वास्थ्य परीक्षण गर्न सहज होस् भन्ने लक्ष्य सहित महानगरपालिकाले ‘कोभिड – १९ सर्भिलेन्स सर्भिस’ एप्प सञ्चालनमा ल्याइसकेको बतनुभयो ।

साथै यसवीचमा महानगरका कुनै ठाउँ वा वस्तीमा अत्यावश्यकीय वस्तुको अभाव देखिए ढुवानीमा सहजीकरण गरिदिने प्रवन्ध पनि महानगरपालिकाले मिलाएको जानकारी दिनु भएको छ । त्यस्तै सर्वसाधारण नागरिकका लागि राहत वा अन्य कुनै विषयमा जानकारी लिन वा सहयोग माग्न महानगरपालिकाले हटलाइन ११८० को समेत व्यवस्था गरेको बताउनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।