मङ्लबार, बैशाख ४, २०८१

विश्वव्यापी कोरोनाको संक्रमण र नेपालमा मौलाएका चुनौती

रविना महर्जन-

काठमाडां चैत २३,

चीनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण विश्वमा मानवजातीको अस्तित्व नै संकटोन्मुख छ। प्रारम्भिक समयमा   कोरोना भाइरस क व्यक्ति बाट अर्को व्यक्तिमा विभिन्न माध्यमद्वारा सर्न सक्ने कुरालाई वेवास्ता गर्दै   पश्चिमा राष्ट्रहरुले चाइनिज भाइरस भन्दै यो वा त्यो कोणबाठ  टिकाटिप्पणी गर्दै गर्दा  आज सिङ्गो   विश्वमा  यसको  चपेटामा   परेका  छन ।  त्यस्तै   ६४ हजार भन्दा बढीको मृत्युको कारक  बनेको  कोरोना  भाइरसको संक्रमणको शिकार विश्वका  १२ लाख भन्दाबढि नागरिक संक्रमित देखिएको  छ ।

जापान,दक्षिण कोरिया, इरान र भारतमा पनि यसको प्रभाव उच्च देखिन्छ। छोटो समयमै विश्वव्यापी महामारीको अवस्था यसले सिर्जना गरिरहेको छ। पछिल्लो तथ्यांक अनुअसार विश्कका २०५ भन्दाबढि राष्ट्रमा यसको संक्रमण फैलिसकेको छ। तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी झण्डै तीन लाख व्यक्तीमा संक्रमण फैलिएको देखिन्छ भने इटालीमा मृत्यु हुनेहरुको संख्या १५ हजार नाघ्ने स्थितीमा पुगिसक्यो।त्यस्तै पश्चिमा मुलुकमा कोरोनाको कहर तुलनात्मक रुपमा बढी फैलिएको तथ्यांकले देखाउँदछ।

नेपालको कुरा गर्ने हो भने हाल कोरोना संक्रमितको संख्या ९ पुगेको छ। यसमध्येपनि  १ जनाको उपचार पछि निको भइ घर फर्किसकेको छ । तथापी पर्याप्त मात्रामा परिक्षण गर्न आवश्यक देखिन्छ।नेपालमा संक्रमित व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आइरहेको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागी विश्वमा कुनै पनि औषषि अथवा खोपको विकास भइनसकेको अवस्था छ।सामाजिक दुरीबाट मात्रै यसको रोकथाम तथा नियन्त्रण हुने कुरा विश्व स्वास्थ्य संगठन बताउदै आएको छ ।  चीनले पनि कोरोना रोकथाम र नियन्त्रण लकडाउन मार्फत् सम्भव रहेको अनुभव विश्व जगतलाई बाँडिरहेको छ। विश्वमा कोरोना रोकथाम तथा नियन्त्रणका लागी सेवामा खट्ने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा सामाग्री (PPE) तथा कोरोना परिक्षण कीट उत्पादन अभाव खट्किरहेको छ।

नेपाली अर्थतन्त्रमा गम्भीर चुनौती देखापर्न सक्ने कुरा अधिकांश अर्थविद्ले भन्दै आइरहेका छन्। अन्तराष्ट्रिय मुद्रा कोष तथा विश्व बैँकले विश्वको अर्थतन्त्रमा मन्दी आउने कुरा उल्लेख गरेका छन्। नेपालको आर्थिक वृद्धिदर पनि घटेर ५.३ प्रतिशत हाराहारी पुग्ने अनुमान ADB ले गरेको छ। वैदेशिक रोजगारीमा लाखौँ नेपालीले रोजगारी गुमाएका छन्। यसबाट देशमा प्राप्त हुने रेमिटेन्समा कमी आउने निश्चित छ।सरकारले अनुमान गरेको राजश्व लक्ष्य प्राप्त नहुने लगभग पक्का देखिन्छ। बैँकबाट कर्जा लिएर व्यापार व्यवसाय संचालन गर्ने उद्योगी व्यापारीको उद्योगधन्दा ठप्प हुन पुगेको छ। बैँकलाई बुझाउनुपर्ने साँवा तथा ब्याज समयमा भुक्तानी गर्न चुनौती थपिएको छ। पर्यटन उद्योग नराम्रोसँग थलिएको छ।

विकसित मुलुकलाई समेत हम्मे हम्मे परेको अवस्थामा नेपाल एक विकासोन्मुख राष्ट्रलाई गाह्रो हुनु कुनै नौलो कुरा होइन।स्वास्थ कर्मीको पीडा उस्तै छ। व्यक्तिगत सुरक्षा सामाग्री अभावका कारण उपचार गर्न र आफै संक्रमित भइएलाकी भन्ने त्रासमा रहेर कार्य गरिरहनुपरेको छ। स्वास्थकर्मी र सुरक्षाकर्मीका लागि सरकारले विभिन्न प्रोत्साहनका कार्यक्रम घोषणा गर्नु स्वागतयोग्य कदमका रुपमा लिन सकिन्छ। कोरोना कै कारण अन्य रोग लागेका र दुर्घटनामा परेका घाइतेहरुको समेत उपचारमा समस्या आएको छ।कतिले समयमा उपचार नपाएकै कारण ज्यान समेत गुमाइसकेको अवस्था छ।स्वास्थकर्मीमा मनोवैज्ञानिक त्रास कै कारण सामान्य ज्वरो आएको बिरामी समेतलाई नजाँची फिर्ता पठाउने गरेको भन्दै आम नागरिकले गुनासो गरिरहेको दैनिक समाचारना सुन्न सकिन्छ। बुटवलमा एक व्यक्तिको लास चार पाँच दिन भैसक्दा पनि नउठ्नु ,लास जलाउन समेत अनेकन सास्ती खप्नुपरेका समाचार पनि नआएको होइन।यस्ता समस्या समाधान गर्नका लागी सम्बन्धित स्थानिय निकायले अझै सक्रिय भएर लाग्नुपर्ने देखिन्छ।

त्यस्तै दैनिक उपभोग्य वस्तुहरुको अभाव, मौलाएको कालोबजारी,महंगीले ज्याला मजदुरी गरी पेट पाल्नेको दयनिय अवस्था सिर्जना गरेको छ।खुला सिमाना, लकडाउन का वाजुद पनि सिमाभित्र छिर्नेको संख्यामा कमी आएको छैन। सयौँको संख्यामा नेपाल भित्र आउनका लागि नाराबाजी गरिरहेका छन्। त्यस्तै विदेशबाट आएका व्यक्ति क्वारेन्टाइनमा बस्न नमान्ने , भागेर जाने जस्ता कारण पनि कोरोना नियन्त्रणमा समस्या थपिएला कि भन्ने तनाव विद्यमान छँदै छ। दुई छाक टार्न असहज भएर भारतिय भूमिमा रोजगारी गर्न बाध्य भएर फर्किएका सिमामा अलपत्र नेपालीलाई स्वदेशमै ल्याई क्वारेन्टाइनमा राख्न जरुरी छ। सम्पुर्ण नेपाली दुखका बेला स्वदेश फर्कन्छ्न् भने एउटा निश्चित मापदण्ड निर्धारण गरि स्वदेश फर्कन पाउने व्यवस्था गर्नुपर्छ। त्यस्तै राहत सामाग्री वितरणमा पनि चिन्जान र भन्सुनले ग्राह्यता पाउनु राहत कै कारण झडप हुनु जस्ता अनेकन सस्याबाट जेलिएको हाम्रो मुलुकमा  लकडाउन समयमा पनि साथीभाइ जम्मा भएर तास खेल्ने, घुमफिर गर्ने रमिते प्रवृति थप समस्याको कारक बनेका छन ।

साथै सरकारको सेवाप्रवाहमा जनताको अत्यधिक गुनासो सुनिएको छ।सरकारले मिडियाको आलोचनालाइ आत्मसात गर्दै नागरिक प्रशासनलाई दरिलो बनाउनुपर्छ। सरकारको सेवाप्रवाहलाई चुस्त दुरुस्त पार्दै गलत प्रवृतीलाई रोक्ने प्रतिवाद गर्ने तथा पारदर्शिताको नीति अंगिकार गर्ने सामर्थ्य राख्नुपर्छ। कोरोनाले भयावह रुप लिनुभन्दा अघि नै सबै तहका सरकारले उचित कदम चाली अझै जिम्मेवार भएर रणनीतिहरु लागू गर्नुपर्ने देखिन्छ। यसैगरी आम नागरिकले पनि आफ्नो सुरक्षा आफै गर्न घरमै रहने, कालोबजारीविरुद्ध आवाज उठाएर सम्बन्धित निकायलाई घच्घच्याउनु जरुरी देखिन्छ।समाजिक दुरी राख्नु भनिएतापनी भावनात्मक दुरीमा कमी आउन नदिइ एकले अर्काको आलोचना गर्नुभन्दा ऐक्यबद्धता जनाएर अघि बढ्नु आजको प्रमुख आवश्यकता भएको र साथै राष्ट्रको चौथो अंग मिडियाले पनि सहि र सचेतनामुलक जानकारीहरु सम्प्रेषण गरि त्रासको वातावरण कम गर्न महत्त्वपुर्ण भूमिका खेल्नुपर्ने देखिन्छ।

(महर्जन- शिक्षण पेशामा  आवद्ध हुनुहन्छ)

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।