शुक्रबार, चैत्र १६, २०८०

विपदको समयमा सबैको साथ र सहकार्य आवश्यक: नगर प्रमुख गिरि

काठमाडौ बैशाख १ , देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चन्द्रागिरि नगरपालिकालाई रु एक लाख एक हजार सहयोग रकम हस्तान्तरण गरेको छ । नगरपालिकामा आइतवार संस्थाका अध्यक्ष रामनारायण घिमिरेले चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीलाईउक्त रकम रकम हस्तान्तरण गर्नुभएको हो ।

सहकारी संस्थाका तपर्फबाट प्राप्त सहयोग रकम बुझ्दै नगरप्रमुख गिरीले विपद्मा सबैको साथ र सहकार्य आवश्यक रहेको बताउदै प्राप्त सहयोग रकमाबाट ‘लकडाउन’का कारण समस्यामा पर्ने नगरवासीलाई पारदर्शीरुपमा सो रकम खर्च गरिने जनाउ दिनु भएको छ ।  त्यस्तै सहकारीका अध्यक्ष रामनारायण घिमिरेलले नगरपालिकाको विपद्को यस अवस्थामा “सबै सहकारी अभियन्ताले यस्तो अभियानमा साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।