मङ्लबार, बैशाख ११, २०८१

लकडाउनको आचारसंहिता पालना गर्दै नयाँ वर्ष मनाउँन अनुरोध

काठमाडौं चैत २६ , नेपाल सनातन धर्म संस्कृति संगठनले हर्षोल्लासका साथ विक्रम संवत् मनाउन सबैलाई अनुरोध गरेको छ।  विक्रम संवत् नेपालको मौलिक संवत् हो। सनातन धर्म संस्कृतिका विभिन्न पद्दतिहरूलाई विक्रम संवत्ले अभिन्न अंगको रूप अँगालेको जनाउँदै विक्रम संवतकै कारण विश्व मानव समाजमा नेपालको पुरानो र अलग धर्म संस्कृतिको पहिचान स्थापित गरेको  जनाउँदै नयाँवर्ष २०७७ मनाउँन नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष अध्यक्ष पुष्पराज पुरुषले आज जारी विज्ञप्तिमार्फत यस्तो अनुरोध  गरेको हो ।

त्यस्तै जारी विज्ञप्तिमा नयाँ वर्ष मनाउँने क्रममा विगत केहि महिना देखि विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड -१९ को संक्रमणको त्रासले विश्वलाई नैत्रसित बनाएको विषम परिस्थितिमा नेपाल सरकारले यसको जोखिम मुलुकमा फैलिन नदिन जारी गरेको लकडाउनको आचारसंहिता पालना गर्न समेत  आग्रह गरिएको  छ ।

त्यस्तै   नयाँ वर्षका दिन   कुनै भिडभाड नगरि नयाँ वर्षका दिन आ आफ्नो घरमा, नजिकका मठमन्दिर, धार्मिक शक्ति पिठ, लगायत आस्थाका केन्द्रमा आ आफ्नो परम्परा अनुसार पुजा, पाठ, भजनकिर्तन र हवन आदि कर्महरू गर्ने गराउने, नयाँ वर्षको दिन आफ्नो संस्कार संस्कृति अनुसार सांस्कृतिक भेषभुषा लगाएर हर्ष उल्लासका साथ नयाँ वर्ष मनाउने, वैशाख १ गते साँझ सुर्यास्तमा शंख, घण्ट र डमरू बजाएर घरघरमा दियो बालेर नयाँ वर्षलाई स्वागत गर्न समे आग्रह गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031