बिहिबार, बैशाख १३, २०८१

रोटरीक्लव न्यूरोड सिटीबाट उपत्यकाका विभिन्न अस्पताललाइ स्वास्थ्य समाग्री सहयोग

काठमाडौं बैशाख १, विश्वव्यपाीि कोभिड- १९को बढ्दो जोखिमसंगै नेपालमा यसको संक्रमण फेलिन नपाओस भन्दै रोटरीक्लव अफ न्यूरोड सिटीले इननर व्हिल क्लव मिलिजुली समाजको सहकार्यमा उपत्यकाका  विभिन्न अस्पतलालइ कोभिड संक्रमणको प्रतिरक्षात्मक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

क्लव सम्वद्ध जिम्मेवार अधिकारी रमिला श्रेष्ठ शाक्यले क्लवले क्रमस पाटन अस्पताललाइ  एकसय ६७  थान, त्रिवी शिक्षण् अस्पताललाइ एकसय थान ,  भक्तपुर क्यान्सर अस्पताललाइ ४० थान र वीर अस्पताललाइ  एकसय थान  PPE सेट   हस्तान्तरण गरेको जानकारी दिनु भएको छ ।

सुदुरपश्चिम अन्र्तगत दैलैखका विभिन्न स्वास्थय चौकीलाइ पनि ६० थान  PPE सेट उपलब्ध गराईएको  जानकारी दिनु भएको छ ।   स्वास्थ्य समाग्री हस्तान्तरण  कार्यक्रममा  कल्व अध्यक्ष भगवती जोशी , सर्भिस पोजेक्ट चेर्यस निलकण्ठ श्रेष्ठलगायतको उपस्थित रहेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।