मङ्लबार, बैशाख ११, २०८१

मुनाफाखोर अग्रवाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिप्रकाको अनुमति

काठमाडौं चैत २६ , विपदको समयमा स्वास्थ्य उपकरण अर्थात ज्वरो नाप्ने थर्मल गनको कालोबजारीको आरोपमा पक्राउ परेका मुनाफाखोर सुलभ अग्रवाललाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

निजले ५ हजार रुपैयाँ मुल्य पर्ने थर्मल गन १५ हजारमा विक्री गर्दै दिन दुइगुणा रात चौगुणाको रफ्तारमा कालोबजारी गरेको अभियोगमा प्रहरी मंगलवार प्रक्राउ गरेको हो । पक्राउ परेका अग्रवाललाइ महानगरीय प्रहरी अपराध महाशाखाले आज अग्रवाललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको हो ।

महाशाखाको माग अनुसार प्रशासन कार्यालयले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिदै प्रहरीले अग्रवाललाई कालोबजारी ऐन २०३२ अनुसार कार्वाही अगाडी बढाएको छ । उक्त ऐनमा दोषि देखिए पाँच वर्ष सम्म कैद वा जरिवाना वा दुवै हुन सक्ने व्यवस्था रहेको जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।