बिहिबार, चैत्र १५, २०८०

ममताकी प्रतीक आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाउदै

कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति !!  अर्थात छोरा छोरी नराम्रा भए भने पनि आमाले सबैलाई सन्तानका रुपमा माया गर्छिन् ।  

काठमाडौ बैशाख ११, प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिने आमाको सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा आज वैशाख कृष्णपक्ष औंशीलाई मातातीर्थ औंशी पर्वका रुपमा मनाइने गरिन्छ । प्रत्येक वैशाख कृष्णपक्ष औंशीका दिन मनाईने मातातीर्थ औंशी दिन विशेषगरि छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई विभिन्न उपहार सहित जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता सहित आशिर्वाद थाप्ने चलन छ ।

त्यस्तै आमाले पनि आजको दिन आफ्ना छोराछोरीलाई दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष दिन्छन् । साथै आमा नभएकाहरुले भने आजका दिन  राजधानीदेखि १० किलोमिटर पश्चिम(दक्षिणमा थानकोटसँगै रहेको मातातीर्थ कुण्डमा पुगेर त्यहाँ स्नान गरि आफ्नी दिवंगत आमाको स्मरणमा तपर्ण र पिण्डदान तथा पुरोहितलाई सिदा दान र भोजन गराउँदै दिवङगत आमाको सम्झ्ना गर्ने प्रचलन रहेको छ । साथै त्यहाँसम्म पुग्न नसकेकाहरूले कुनै देव वा तीर्थस्थलमा आमाका नाममा ब्राह्मणलाई सिदा दान गर्ने परम्परा रहेको छ ।

तर यसवर्षआजको दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–६ थानकोट नजिकैको मातातीर्थमा मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण स्थगित गरिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।