शनिबार, बैशाख ८, २०८१

भारतमा कोभिड संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं बैशाख ८. समाचार एजेन्सी विश्वव्यापी कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६९ पुगेको छ । त्यस्तै संक्रमित हुनेको संख्या १७ हजार नाघेको छ भने हजार ८ सय ५४ जना निको भएर घर फर्केका छन ।

समाचार एजेन्सीका अनुास भारतको महाराष्ट्रमा ३ हजार ६ सय भन्दा बढी संक्रमित रहनुको अलावा दुई सय ११ जनाको मृत्यु भएको छ । त्यस्तै दिल्लीमा दुई हजार पुगेको छ । ४३ जनाको मृत्यु भएको छ ।

मध्यप्रदेशका करिव १५ सय संक्रमित छन् भने ७० भन्दा बढीको मृत्यु भएको जनाएको छ । यसैवीच भारत सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउन जारी नै राखेको छ । गत मार्च २५ देखि सुरु भएको लकडाउन आगममी मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।