बिहिबार, चैत्र १५, २०८०

पिडान गण्डकी प्रदेशको तर्फबाट गण्डकी अस्पताललाइ कोभिड-१९ स्वाब कलेक्सन बुथ हस्तान्तरण

काठमाडौ चैत ३० , विश्वव्यापी महामारीकाृ प्रारुपमा फैलिएको कोभिड- १९ को बढदो उच्च जोखिमका वीच नेपाल औषधि थोक व्यवसायी संघ गण्डकी प्रदेशले संस्थागत सामाजीक उत्तरदायित्व अन्र्तगत पश्चिमाञ्चल स्वस्थ्य बिज्ञान प्रतिष्ठान गण्डकी अस्पताललाइ कोरोना भाईरस स्वाब कलेक्सन बुथ उपल्ब्ध गराएको छ ।

हुँदैन विहान मिरमिरे तारा झरेर नगए , हुँदैन संकट र विषम परिस्थितीको अन्त्य सहयोगी मनकारी हात अगाडि नसरे भनेझै गण्डकी प्रदेशका अध्यक्ष रुद्रमल्ल नेतृत्वको प्रतिनिधि मण्डलले शनिवार अस्पतालका निर्देशक डा.अर्जुन आचार्यलाई नेपाल कोरोना भाईरस स्वाब कलेक्सन बुथ हस्तान्तरण गर्नुभएको हो । औषधि थोक ब्यबसायी संघ, गण्डकी प्रदेशको अनुरोध तथा पोखरा बिश्वबिद्यालयको प्राबिधिक सहयोगमा पोखरा युपिभिसी उद्योगमा निर्माण गरियको उक्त बुथ बिश्वब्यापी यस महामारीको समयमा स्वास्थ्यकर्मी र ल्याबमा कार्यरत कर्मचारीलाई संक्रमणबाट प्रतिरक्षा गर्ने बताईको छ।

बुथको अभावमा अस्पतालमा उपचारार्थ जाने विरामीको परीक्षणमा निकै असहज स्थिती सिर्जना भएको पक्षलाइ दृष्टिगत गर्दै संघले यस किसिमको सहयोग गरेको संघका अध्यक्ष मल्लले जानकारी दिनु भएको छ । त्यस्तै बुथको सुरक्षा र प्राबिधिक पक्षका विषयमा पोखरा बिश्वबिध्यालका उपकुलपति प्राडा ईन्द्र प्रसाद तिवारी, अस्पतालका निर्देशक डा.अर्जुन आचार्य तथा ईन्जिनियर रबि भण्डारीले जानकारी दिदै बुथको आवश्यकता औचित्य आफैमा महत्वपूर्ण   संकटको समयमा सह्रानीय सहयोग भएको बताउदै बुथ उपलब्ध गराउने औषधि थोक व्यवसायी संघको प्रादेशिक समिति प्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

त्यस्तै नेपाल औषधि थोक ब्यबसायी संघका केन्द्रीय उपाध्यक्ष श्रीराम पराजुली गण्डकी प्रदेशका उपाध्यक्ष काशीनाथ काफ्ले , गण्डकी प्रदेश सचिव गोपाल अधिकारी र अस्पतालका निर्देशक डा अर्जुन आचार्य लगायतले विद्यमान महामारीको यस समयमा आफु पनि बचौं अरुलाइ पनि बचाऔं भन्ने मनोभाव आजको आवश्यकताभएको बताउँदै सवैलाइ सचेत हुँदै मनकारी सेवाभावको लागि आग्रह गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।