बिहिबार, बैशाख १३, २०८१

पत्रकारलाइ प्रेस ज्याकेट

ललितपुर चैत २६ , नेकपाका प्रदेश कमिटी सदस्य शिवप्रसाद कट्टेल र नेकपा ललितपुरका कार्यालय सदस्य सरोज डंगोलले उपत्यकाभित्रका पत्रकारलाई   ३ सय थान प्रेस ज्याकेट, मास्क र स्यानेटाइजर हस्तान्तरण गरेका छन् ।

मुलुक लकडाउन भएको र पत्रकार फ्रन्टलाइनमा बसेर रिपोटिङ गर्न अप्ठारो भएको महसुस गरेकोले  काठमाडौं, ललितपुर र भक्तपुरका प्रेस संगठनलाई ज्याकेट लगायतका स्वास्थ्य सुरक्ष सामग्री हस्तान्तरण गरेको नेता शिव प्रसाद कट्टेलले बताए ।

त्यस्तै पत्रकारलाई आवश्य भएको ज्याकेट लगायतका स्वास्थ्य सामग्री प्रदान गरेकोले आफूलाई थप जिम्मेवारी महसुस भएको प्रेस संगठन नेपाल काठमाडौंका अध्यक्ष सागर पन्तले बताए ।  त्यस अबसरमा प्रेस संगठन नेपाल ललितपुर, काठमाडौं, भक्तपुरको संयोजक, सहसंयोजक, उपत्यका प्रदेश समिति सदस्य प्रविन चौधरी, प्रकृति नेपाललगायतको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।