शुक्रबार, चैत्र १६, २०८०

खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको रिपोर्ट ‘नेगेटिभ : प्रवक्ता देवकोटा

  • संक्रमित फेला परेका कैलाली, कञ्चनपुर र बाग्लुङमा क्वारेन्टाइनमा रहेका सबैका र्‍यापिड डायगोनिस्टिक टेस्ट आरडीटी प्रविधिबाट परीक्षण गर्न टोली परिचालन

  • काठमाडौंमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा रहेका छन् भने १ सय ४० जनालाई रेडजोनमा

काठमाडौं चैत २३ , स्वास्थ्य मन्त्रालयले आईतबारसम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको जानकारी दिएको छ । त्यस्तै कोभिड १९ संक्रमित फेला परेका कैलाली, कञ्चनपुर र बाग्लुङमा क्वारेन्टाइनमा रहेका सबैका र्‍यापिड डायगोनिस्टिक टेस्ट आरडीटी प्रविधिबाट परीक्षण गर्न टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आजको प्रेस मिटमा जानकारी दिनु भएको छ ।

त्यस्तै प्रवक्ता डा देवकोटाले उपचारका क्रममा रहेका संक्रमित व्यक्तिहरुको वासस्थान वरपर आशंका गरिएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि आरडीटी प्रविधिबाट परीक्षण गरिनुको अलावा चैत महिनाभर विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि परीक्षण गरिने जानकारी दिनु भएको छ । उहाले आरडीटी परीक्षणपछि कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएकाहरुको पीसीआर प्रविधिबाट पुनः सुनिश्चित गरिने बताउँदै विदेशबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेका ९४ जनामा कोरोना भाइरसको संक्रमण नदेखिएको जानकारी दिनु भएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.23 #COVID-19

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.23#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Sonntag, 5. April 2020

साथै उहाले  कोरोनाको परीक्षण काठमाडौं बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा पनि भईरहेको बताउँदै हालसम्म कोरोनाको आशंकामा काठमाडौंमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा रहेका छन् भने १ सय ४० जनालाई रेडजोनमा राखिएको छ । ९जना  संक्रमितमध्ये आठ जनाको उपचार भइरहेको छ भने एक उपचारपछि निको भएर घर फर्किएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।