शुक्रबार, बैशाख १४, २०८१

कोरोना प्रभावित बालमनोविज्ञान र अभिभावकको भूमिका

-रविना महर्जन-

चीनको वुहान शहरबाट शुरु  भएको कोरोना भाइरस अहिले यूरोप, अमेरिकामा मात्र नभै अफ्रिका लगायत एसियामा पनि तिव्र रुपमा फैलिरहेको छ।प्रारम्भिक चरणमा भाइरसको संक्रमणलाइ गम्भीर रुपले नलिइएकै कारण आज  विश्वव्यापी महामारीको रुपमा   यसको संक्रमण फैलिरहएको छ । कोरोना भाइरसविरुद्द कुनै खोप या औषधि विकास भइनसकेकाले यसको संक्रमण नियन्त्रण गर्न हम्मेहम्मे परेको छ। पछिल्लो तथ्यांक अनुअसार विश्वका २१० भन्दा बढी राष्ट्रमा यसको संक्रमण फैलिसकेको छ। यो लेख तयार पार्दा सम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या १,लाख  ६५,हजार  र संक्रमितव्यक्तीहरुको संख्या २४ लाख नाघिसकेको अवस्था छ।  पश्चिमा मुलुकमा कोरोनाको कहर तुलनात्मक रुपमा बढी फैलिएको तथ्यांकले देखाउँदछ।विकसित राष्ट्रलाई समेत कोरोना नियन्त्रण गर्न हम्मेहमे परेको अवस्थामा नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा प्रभाव पर्नु स्वभाविक हो।

नेपालमा हाल सम्म ३१ जना व्यक्तीमा कोरोना संक्रमण भेटिएको छ । जसमध्ये तीन जना संक्रमितको उपचार पश्चात् निको भइसकेको अवस्था छ। सरकारले दोस्रो व्यक्तिमा     कोरोना संक्रमण भेटेपछी कोरोनाको  थप  संक्रमण    रोक्न सामाजीक   दुरी  कायम  गर्न आव्हान गर्दै  चैत्र ११ देखि  आगामी बैशाख १५  सम्म      लकडाउन जारी गरेको   छ  ।  हाम्रो जस्तो विकासोन्मुख देशमा श्रोत र साधनको सिमा रहेको हुँदा यतिबेला सबै एकताबद्द भएर सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अघि सारेको नीति तथा कार्यक्रमलाई आ आफ्नो तप्काबाट समर्थन र सहयोग गर्नु पर्ने देखिन्छ।

आफ्ना बालबालिकाका अगाडि कोरोनाले विश्वमा पारेको नकारात्मक असरहरुको बारेमा मात्र चर्चा गरिरहनुभन्दा यसका सकारात्मक पक्षको चर्चा गर्न सकिन्छ। कोरोनाको कारण यतिको मृत्यु भयो, आत्महत्या गरे भन्ने जस्ता समाचार दैनिक जसो समाचारमा आइरहेको छ। यस अवस्थामा कोरोनाकै कारण प्रदुषण, कोलाहल कम भएको राम्रा कुरा जानकारी गराउन सकिन्छ।कोरोनाले गर्दा विश्वमै सवारी दुर्घटना कम गराएको कुरा पनि बताउन सकिन्छ। विश्व विभाजित थियो, अहिले विश्व कोरोना महामारीबाट बच्न  र बचाउन एक भएर लागीपरेको कुरा बताउन र एकताको महत्व स्पष्ट पार्न सकिन्छ।

Stay at home and stay safe भन्ने मुल नाराका साथ हाल नेपालमा मात्र नभै विश्वका सबैजसो राष्ट्रमा लकडाउन गरिएको छ।अमेरिका,  इटाली,स्पेन , जर्मनी जस्ता विकसित राष्ट्रले समेत कोरोना नियन्त्रण गर्न नसकेका कारण पनि नेपालमा त्रासपुर्ण वातावरण सिर्जना भएको छ।आम मानिसमा मनोवैज्ञानिक त्रास बढेको छ। विगतमा सामान्य रुघा खोकी लाग्दा ज्वरो आउँदा पनि खासै वास्ता नगर्ने मानिस  आज कोरोनाको डरकै कारण त्रसित भएका छन् । यस्तो अवस्थामा बालबालिकाको अवस्था कस्तो होला? उनिहरुको मनोविज्ञान बुझ्नु निकै जरुरी देखिन्छ।

चैत्र महिनाको पहिलो साता शुरु   हुने वार्षिक परीक्षा फागुनमै शुरु गरेर चैत्र ५ सम्म सिध्याउन सरकारले सूचना जारी गरेपछी विद्यार्थीमा केही डर बढेको हो कि भन्ने लाग्यो। पेशाले शिक्षक भएकै कारण विद्यार्थीले अनेकौँ जिज्ञासा राख्ने गरेको , किन ?   के कारण रु कोरोना नेपालमा पनि फैलिसकेको होरु अब के हुन्छ ?  विद्यालय चाहिँ भिड हुने ठाउँ होइन र?   यी र यस्ता यावत् प्रश्नको जवाफ निकै संयमीत भएर दिनुपर्ने अवस्था  रहेको  छ ।  ।     यसवीचमा  चैत्र ६ गतेबाट सुरु हुने  पूर्व निर्धारित  SEE परिक्षा स्थगित  समेत स्थगन    गरिएको छ ।    SEE परिक्षा  स्थगित भएको समाचार टिभी रेडियोमा आउन थालेपछी विद्यार्थीमा एक किसिमको मानसिक पीडा थपिएको थियो। परीक्षा कहिले हुने?  तयारी गरेको बिर्सिन्छ भनेर गुनासो पनि गरे। आम विद्यार्थीहरुको आवाज यहि थियो। दैनिक जसो एक दुइ जना SEE  परीक्षा दिने विद्यार्थी भाइबहिनीले फोन गरेर अब परीक्षा कहिले हुने ?  भन्नेजिज्ञासा राख्ने गरेका छन् ।त्यस्तै परीक्षाफल कहिले हुने? कहिले बाट विद्यालय खुल्ने? नयाँ कक्षामा कहिले जाने ? यी र यस्ता प्रश्नको उत्तर दैनिकजसो दिनु दैनीकी नै बनिसक्यो। SEE परिक्षा कहिने हुने ? अन्यौल त छँदै छ त्यस् माथी सामाजिक संजाल तिर राष्ट्रिय परीक्षा बोर्डको नाममा आउने गरेका अनेकौँ भ्रामक समाचारका कारण विद्यार्थीमा झन् तनावी  माहोल सिर्जना भएको छ।शिक्षा क्षेत्रका जिम्मेवार पदमा रहेका व्यक्तीले  नै भ्रामक जानकारी  सेयर गर्ने पोस्ट गर्ने गरेका छन्। वास्तविकता नबुझीकन गरिने यस्ता क्रीयाकलापमा कस्तो असर पर्ला?

अचेल टेलिभिजन , You tube मा पनि SEE परीक्षा तयारीका लागि विभिन्न विद्यालयका शिक्षकले अध्यापन गराउने गर्दछन्।SEE परीक्षा तयारी गर्दै बसेका आफ्ना बालबालिकाहरुलाई सो हेर्न ,सिक्न लगाउन सकिन्छ।त्यस्तै अन्लाईन शिक्षाको प्रयोग पनि बढेको छ। घरमा रहेका बालबालिकालाई विभिन्न सामाग्री बनाउने तालिम देखाउन सकिन्छ। रचनात्मक कार्य जस्तै चित्रकला, कविता,कथा लेखनमा प्रोत्साहित गर्न सकिन्छ।

कोरोनाको कारण विश्वको अर्थतन्त्र  नै धराशायी हुने अवस्थामा पुगेको छ। सामाजिक,सांस्कृतिक लगायत विकास निर्माण, औधोगिक क्षेत्र सबैमा व्यापक असर पुगेको छ। यस वीचमा   शैक्षिक  क्षेत्र अछुतो रहने कुरै भएन।वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन देखि लिएर विद्यालयका अन्य सबै कामहरु ठप्प भएका छन् ।विद्यालय देखि विश्वविद्यालय सबै तहका अध्ययन,अध्यापन, परीक्षाहरु रोकिएका छन् ।विश्वविद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीवर्ग तुलनात्मक रुपमा विद्यालय जाने विद्यार्थीभन्दा परिपक्व हुने भएका कारण आफ्नो र आफ्नो परिवारको सुरक्षा गर्नका आफै लागि पर्न सक्दछन्।  विद्यालयमा जाने बालबालिका प्रती निकै जिम्मेवार हुनुपर्ने समय हो। विशेषगरी विद्यालय तहमा अध्ययन गर्ने भाइबाइनीहरु घरमा नै  सिमित भएका  छन्। यसबेला अभिभावकको भूमिका महत्त्वपूर्ण हुनु जरुरी हुन्छ। जिवनउपयोगी र व्यावहारिक शिक्षा दिन यो समय निकै उपयोगी साबित हुन सक्दछ।

आफ्ना बालबालिकाका अगाडि कोरोनाले विश्वमा पारेको नकारात्मक असरहरुको बारेमा मात्र चर्चा गरिरहनुभन्दा यसका सकारात्मक पक्षको चर्चा गर्न सकिन्छ। कोरोनाको कारण यतिको मृत्यु भयो, आत्महत्या गरे भन्ने जस्ता समाचार दैनिक जसो समाचारमा आइरहेको छ। यस अवस्थामा कोरोनाकै कारण प्रदुषण, कोलाहल कम भएको राम्रा कुरा जानकारी गराउन सकिन्छ।कोरोनाले गर्दा विश्वमै सवारी दुर्घटना कम गराएको कुरा पनि बताउन सकिन्छ। विश्व विभाजित थियो, अहिले विश्व कोरोना महामारीबाट बच्न  र बचाउन एक भएर लागीपरेको कुरा बताउन र एकताको महत्व स्पष्ट पार्न सकिन्छ।

मोबाइल र कम्प्युटरमा मात्र व्यस्त हुने आफ्ना बालबालिकालाई घर मै पनि विभिन्न कुराहरु सिकाउन सकिन्छ। बिहान उठ्ने ,खाना खाने अनि विद्यालय जाने, फर्किएपछी खाजा खाने, गृहकार्य गर्ने अनि सुत्ने दैनिकी चलिरहेको थियो। हाल केही नयाँ कुरा सिकाउन, राम्रो बानीको बिकास गराउन प्रशस्त समय हामीसँग रहेको छ।अधिकांश अभिभावक  त्रास कै कारण आ-आफ्ना गाउँ फर्किएका छन्। गाउँघरमा पनि परम्परागत प्रविधी  ढिकि,जाँतोको बारेमा बताउने प्रयोग गर्न सिकाउने, बारीमा सागपात रोप्न लगायत दहि,मोही बनाउन सिकाउन सकिन्छ।केही नयाँ खाद्य परिकारहरु बनाउन सहजीकरण गर्न सकिन्छ। आफू पनि सहभागी भइ बोटबिरुवामा पानी हाल्न लगाउने,गोड्मेल गर्न, मल हाल्न, मल बनाउन, सरसफाइ गर्न लगाउन सकिन्छ।साना उमेरका बालबालिका समुहमा खेल्न मनपराउँछन्। भिडभाडबाट टाढा रहनुपर्ने यो बेलामा अभिभावकले विशेष सतर्कता अपनाउन जरुरी छ।

बिहान समयमा उठ्न लगाउने, योग अभ्यास गराउने, आफ्नो ओछ्यान आफै सफा गर्न सिकाउन सकिन्छ। प्राय छोरीहरु भान्छाका काममा छोराहरु भन्दा बढी जान्ने हुन्छन् ।अब आफ्ना छोराहरुलाई पनि खाना बनाउन सिकाउने बखत यहि हो। घरैमा उपलब्ध सामाग्रीबाट अचार बनाएर सिसीमा हाल्न देखि अन्य विभिन्न कुरा  सिकाउन सकिन्छ। समाचार हेर्न सुन्न ,आफू पनि सँगै बसी सोको विश्लेषण गर्ने गर्नुपर्दछ। इन्टरनेट मार्फत विभिन्न सजावटका सामाग्रीहरु बनाउन पनि अभिप्रेरित गर्न सकिन्छ। सिलाईबुनाइ सम्बन्धी काम गर्ने अभिभावकले आफ्नो सीप आफ्ना बालबालिकालाई सिकाउन सक्दछन्।

अधिकांस अभिभावक रोजगारकै कारण आफ्ना बालबच्चासँग साँझ मात्र भेट हुने अवस्था छ शहरमा। अहिले आफ्ना बालबालिकाको माझ समय बिताउने, उनिहरुका कुरा सुन्ने,मनोभावनाका बारेमा बुझ्न सकिन्छ।आफ्ना दुख सुखका कुरा गरेर सम्भव भएसम्म व्यवहारिक ज्ञान सिकाउने कार्य अभिभावकले गर्न सक्छन् । सामाजिक दुरी कायम गर्नु भनिएतापनी भावनात्मक दुरी कम गर्नुहुन्न भनेर बुझाउन अभिभावक सक्षम हुनुपर्दछ।

अचेल टेलिभिजन , You tube मा पनि SEE परीक्षा तयारीका लागि विभिन्न विद्यालयका शिक्षकले अध्यापन गराउने गर्दछन्।SEE परीक्षा तयारी गर्दै बसेका आफ्ना बालबालिकाहरुलाई सो हेर्न ,सिक्न लगाउन सकिन्छ।त्यस्तै अन्लाईन शिक्षाको प्रयोग पनि बढेको छ। घरमा रहेका बालबालिकालाई विभिन्न सामाग्री बनाउने तालिम देखाउन सकिन्छ। रचनात्मक कार्य जस्तै चित्रकला, कविता,कथा लेखनमा प्रोत्साहित गर्न सकिन्छ। घर भित्रै खेलिने विभिन्न खेलहरु जस्तै :क्यारम, चेस आदि खेलाई तनावमुक्त वातावरण बनाउन सकिन्छ।यस सँगै स्वास्थ्य राम्रो भए मात्र परीक्षा राम्रो सँग दिन सकिने कुरा बताउन बिर्सनुहुँदैन । विश्व नै आक्रान्त भएको बेला आफ्ना बालबालिकाको अगाडि पढाइको मात्र कुरा गरेर मानसिक बोझ थप्ने नगरी समय मिलाएर परीक्षाको तयारी गर्न अभिप्रेरित गर्नुपर्दछ। कोरोनाबाट सुरक्षित रहन अप्नाउनुपर्ने उपायहरु, आचारसंहिताको बारेमा आफ्ना बालबालिकालाई जानकार गराउनु पर्दछ।सामाजिक दुरी किन आवश्यक छ? किन गरिएको हो? सोको बारेमा पनि समय समयमा बताउनु आवश्यक देखिन्छ। यसर्थ कोरोनाको सन्त्रासबाट आफू पनि सचेत रहेर आफ्ना बालबालिकाहरुको मनोबल उच्च राख्न अभिभावक लगायत सरोकारहरुवालाले ध्यान पुर्याउनु आजको आवश्यकता हो।

 [ महर्जन मनमैजु मावीका  शिक्षक  हुनुहन्छ ]