शनिबार, बैशाख ८, २०८१

काठमाडौं महानगरभित्र विदेशबाट फर्केका १ सय १७ जनाको विवरण संकलन, कुन वडामा कति ?

विदेशकाट फर्केका व्यक्तिहरुको नमूना परीक्षणका लागि स्वाब संकलन गर्ने कामलाई तिव्र रुपमा अघि बढाउने प्रमुख शाक्यको जनाउ

काठमाडौं चैत २४ , विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड -१९ को बढ्दो संक्रमण फैलिन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न प्रयासहरु गर्दै आइरहेका काठमाडौं महानगरपालिकाले गत १ मार्च २०२० पछि विदेशबाट फर्केका व्यक्तिहरुको लगत संकलन गर्ने क्रममा १ सय १७ जनाको विवरण संकलन भएको जनाएको छ ।

त्यस्तै महानगर प्रमुख बिद्यासुन्दर शाक्यले यसरी विदेशबाट फर्केका गरी महानगरभित्र वसोवास गर्ने ति व्यक्तिको विवरण संकलन संगै नमूना परीक्षणका लागि स्वाब संकलन गर्ने कामलाई तिव्र रुपमा अघि बढाउने तयारी भएको जनाउ दिनु भएको छ ।

यसैवीच महानगर प्रशासन विभाग प्रमुख नमराज ढकालले महानगर अन्र्तगतका ३२ वटा वडा मध्ये वडा नम्बर–१ बाट ३, वडा २ बाट ३, त्यसैगरी वडा–६ बाट ११, वडा–७ बाट ४ जनाको विवरण प्राप्त भएको जनाएको छ । त्यस्तै त्यसैगरी वडा–९ बाट ३ , वडा–१४ बाट ५ र वडा–१८ बाट २ वडा–१९ बाट ४, वडा–२१ बाट ६ र वडा–२२ बाट १ र वडा–३१ मा ११ जनाको विवरण संकलन भएको जानकारी दिनु भएको छ । साथै यसरी विवरण संकलन गरेका मध्य कतिपय सेल्फ क्वारेन्टाइनमा बसेका छन् भने कतिको अवस्था सामान्य रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।