मङ्लबार, बैशाख ४, २०८१

काँग्रेस महामन्त्री कोइरालाको आव्हान: कोभिड-१९ विरुद्धको लडाइमा दलगत स्वार्थको धरातल भन्दा माथि उठौं

काठमाडौ बैशाख १८, नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले भिडियो सन्देश मार्फत कोरोना भाइरसका कारण सिर्जित सङ्कटको अवस्थामा दलगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध ढङ्गले जनताको स्वास्थ्य र समस्या समाधानमा लाग्न सबैलाई अपिल गर्नुभएको छ ।

त्यस्तै उहाँले भिडियो सन्देशमा कोभिड १९को जोखिम हुन नदिन लकडाउन जारी रहदा दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक, निम्न आय भएका व्यक्ति, गर्भवती महिला र अन्य दीर्घ बिरामीले भोग्नुपरेका समस्याले आफूलाई चिन्तित बनाएको बताउदै सिमा नाकामा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा समेत व्यक्तिगतरूपमा र काँग्रेस पार्टीका तर्फबाट पटक–पटक सरकारलाई ध्यानाकर्षण गराएको अपिल गरिएको जनाउनुभएको छ ।

साथै उहाँले “म आफैँ पनि चिकित्सक भएका नाताले उहाँहरूको काम कति चुनौतीपूर्ण छ भनेर बुझ्न सक्छु भन्दै सङ्कटको यस विषम अवस्थामा फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट धन्यवाद दिदै सङ्क्रमणका जोखिम र त्यसबाट बच्ने उपायका बारेमा जानकारी गराउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031