शुक्रबार, बैशाख ७, २०८१

कतार र संयुक्त अरब इमिरेट्सको तर्फबाट नेपाललाइ स्वास्थ्य सामग्री सहयोग

-अनुप प्रधान-  

काठमाडौ बैशाख १७,  संयुक्त अरब इमिरेट्स (युएई) र कतार सरकारको तर्फबाट नेपाललाइ सहयोग प्राप्त कोभिड–१९ उपचारको लागि प्रयोग हुने स्वास्थ्य सामग्रीआज अपरान्ह काठमाडौं आइपुगेको छ । कतार एयरवेज र इत्तिहाद एयरका कम्पनीका वाइडबडी जहाजले अत्यावश्यक स्वास्थ्य सामग्री लिएर आजै काठमाडौँ आएका हो ।

कतार सरकारको तर्फबाट नेपाललाई सहयोग स्वरुप प्रदान गरेको ८ टन स्वास्थ्य सामग्री त्यस्तै संयुक्त अरब इमिरेट्सको तर्फबाट प्राप्र्त करिब १२ टन स्वास्थ्य सामग्री रहेको बताईएको छ ।

दुवै देशको तर्फबाट प्राप्त स्वास्थ्य सामाग्री दुवै देशका नेपालस्थित राजदूतले विमानस्थलमा स्वस्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गर्नुभएको थियो । प्राप्त स्वास्थ्य सामाग्रीमा  पिपिई सात हजार, पिसिआर टेस्ट कीट, एन ९५ मास्क, भिटिएम, सिआरआरटी मेशिन, सर्जिकल ग्लब्स, अक्सिजन प्लान्ट, प्रयोगशालायुक्त मोबाइल एम्बुलेन्सलगायतका १४ प्रकारका सामान रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031