शनिबार, बैशाख ८, २०८१

एक व्यक्तिको नाममा जारी पास अर्को व्यक्तिलाई दिने घटना बढेसंगै ट्राफिक प्रहरी कडाइ चेकजाँचमा

काठमाडौ चैत २६,  मुलकमा जारी तेस्रो चरणको लकडाउन आदेश कार्यान्वनको लागि ट्राफिक प्रहरी निकै थप कडाइ साथ प्रस्तुत भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड – १९को जोखिम रोक्न् सरकार ले जारी आदेशका वीच यो वा त्यो नाममा सरोकारवाला निकायबाट सवारी पास लिदै अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने जसत अनेकन रमिते सहितको विकृति देृखिएसैगै ट्राफिक प्रहरीले थप कडाइको निति अख्तियार गर्दै चेकजाँचलाइ तिव्रता दिएको हो ।

यसक्रममा ट्राफिक प्रहरीले मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ गरेको जनाउँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको भित्रिी सडकमा मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गरेको छ भने अन्य स्थानमा चेक प्वाइन्टको व्यवस्था गरेको जनाएको छ ।

त्यस्तै भाइरस संक्रमणको सम्भावित जोखिम रोक्नका लागि रमिते प्रवेति घातक भएको भन्दै यसवीचमा लकडाउन उल्लङ्घन गर्ने पाँच हजार बढी सवारीसाधन नियन्त्रणमा लिएर कारवाही गरिएको जनाउँदै महाशाखाकाले  जिल्ला प्रशासन कार्यालय, काठमाडौबाट जारी एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने घटना समेत बढेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।