शुक्रबार, बैशाख ७, २०८१

आइतबारदेखि बजारमा भरी ग्यास सिलिण्डर खरिद गर्न पाइने

काठमाडौं चैत २६ , नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले यस्तो निर्णय गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार यसवीचमा ग्यासको आभाव देखिएसंगै निगमले गत चैत १६ गते आधा सिलिण्डर ग्यासको बिक्री वितरण शुरु गरेको हो । तर आधा सिलिण्डर ग्यास बिक्री शुरुभएसंगै बजारमा ग्यासको विक्री वितरणमा कमी आएको जानकारी दिनु भएको छ।

त्यस्तै उहाँले देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएको अवस्था र उपभोक्ताले पनि आधा सिलिण्डर ग्यास लिन देखाएको अनिच्छाका कारण आइतवारबाट भरी ग्यास सिलिण्डर विक्री गर्न निर्देशन जारी गरिएको बताउनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031