बिहिबार, बैशाख १३, २०८१

महानगर कार्यपलिका बैठक: कोभिड-१९ राहत बितरण सम्बन्धि मापदण्ड स्वीकृत

काठमाडौै चैत १७, काठमाडौ महानगरपालिकाले ४३ औं कार्यपालिका बैठकले कोभिड–१९ राहत वितरण सम्वन्धि  मापदण्ड–२०७६’ स्वीकृत गरेको छ ।

बैठकमा महानगर प्रमुख बिद्यासुन्दर शाक्यले स्वीकृत मापदण्ड– अनुरुप सरकारले कोभिडको संक्रमण रोक्न जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्दै नागरिकलाइ  घर बाहिर निस्कन रोक लगाइएका कारण महानगरपालिकाभित्र वसोवास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु यसबेला खाना, खाजा नपाएर समस्यामा परेका बर्गको पहिचान गरेर सबैलाई समान प्रकारको राहत उपलब्ध गराउने जानकारी दिनु भएको छ ।

त्यस्तै पारित गरेको मापदण्डअनुसार अभिभावक नभएका, आफ्नो आय श्रोत नभएका, अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर गुम्बा, मस्जिद जस्ता आश्रम स्थलमा रहेका अरुको सहयोग एवं सहारामा बाँचेका व्यक्ति त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिकी गुजारा गर्न समेत धौधौ भएका र सम्वन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई अति बिपन्न परिवार  र संगठित संस्थामा काम गर्नेबाहेक महानगरमा विगतदेखि दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएका काठमाडौँमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिको रुपमा पहिचान गरिएको छ ।

त्यस्तै बैकठले हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलनलाइ एकरुपता दिन बैठकले ढाँचा उपलब्ध गराउदै अहिले मानव स्वास्थ्यको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बाँकी कामलाई क्रमशः सम्पादन गर्दै जाने निति अख्तियार गरेको गर्ने र्णिय गरेको छ ।

त्यस्तैगरि बैठकले जनमानसमा विद्यमान खाद्यान्न, ग्याँसलगायतका सामाग्रीको अभाव हुने हो कि भन्ने आशंकालाइ सम्बोधन गर्दै प्रस्तुत समस्यालाई हल गर्न र भीडभाड कम गराउन सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको सहयोगमा घर–घरमा खाद्यान्न पु¥याउने, आपूर्ति ब्यवस्थालाई सहज बनाउन सम्वन्धित निकायसँग छलफल गरी अघि बढ्ने निर्णयसंगै   पशुपंक्षी, चराचुरुङ्गीलगायतको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि वडामा पठाइएको रकमबाट खर्च गर्ने गरी उनीहरुलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ ।’ साथै बैठकले ५ सय जनासम्मलाई राख्न मिल्ने ‘क्वारेन्टाइन’को व्यवस्थापनका लागि ठाउँ खोजी गर्ने लगायतका निर्णय गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।