शुक्रबार, चैत्र १६, २०८०

राष्ट्र बैंकद्दारा चैत मसान्तभित्र बैंकलाई साँवाब्याज बुझाउँनु पर्ने ऋणीहरुलाइ सहुलियत प्रदान ⌈निर्देशन-पत्र सहित⌋

काठमाडौं चैत १७ , कोभिड–१९ भाइरसको महामारीका कारण उत्पन्न असहज परिस्थितिलाइ दृष्टिगत गर्दै नेपाल राष्ट्र बैंकले बैंकका ऋणीहरुमा सहुलियत प्रदान गर्दै चैत मसान्तभित्र बैंकलाई तिर्नुपर्ने साँवाब्याज को किस्ता भुक्तानीका लागि ग्राहकले तीन महिना समय दिएका छन ।  नेपाल राष्ट्र बैंकले घोषणा गरेको  १९ बुँदे  विशेष प्याकेज मार्फत ग्राहकले पाएका बैक तथा वित्तीय संस्थाहरुलाई मासिक वा त्रैमासिक बुझाउनुपर्ने किस्ता बुझाउन नसक्नेलाई २०७७ असार मसान्तसम्मको समय सीमा थप गरिएको छ । साथै त्यस्तै, राष्ट्र बैंकले पुनर्कर्जा कोष ६० अर्बका बनाउँदै उद्योगीहरुलाई सुहलियत दरमा सो रकम प्रदान गरिने जनाउँदै चैत मसान्तमै बुझाउनेले तिर्नुपर्ने किस्तामा जोडिने ब्याजमा १० प्रतिशत छुट दिन भनेको छ ।

यस्तो छ राष्ट्र बैंकको निर्देशन :

 

०७६ चैतमा असुल गनुपर्ने मासिक, त्रैमासिक किस्ताको भुक्तानी ०७७ असारसम्म हुने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन नपाइने र कर्जा असुल नभएको हकमा बैंकले सो कर्जालाई खराब कर्जामा राख्नु नपर्ने सुविधा पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको छ । त्यस्तै राष्ट्र बैंकको निर्देशनमा यस्तै चैत मसान्तभित्र भुक्तानी अवधि तोकिएका सम्पूर्ण चालू प्रकृतिका अल्पकालीन कर्जाको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने उल्लेख गरिएको छ । साथै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिन पाउने कर्जाको बैक ब्याजदर पनि घटाएर ५ प्रतिशत बनाइएको छ । यसअघि ६ प्रतिशत थियो ।

त्यस्तै राष्ट्र बैंकले पुनर्कर्जा कोषको आकार बढाएर ६० अर्ब रुपैयाँ बनाएको छ । यसअघि ५० अर्ब रुपैयाँ रहेको सो कोषमा थप १० अर्ब रुपैयाँ थपिएको हो । अब साना तथा मझौला व्यवसायीले पनि पुनर्कर्जा सुविधा पाउने भएका छन् । कोरोनाका कारण अनुमति लिएर पनि वैदेशिक रोजगारीमा जान नपाएका नागरिकले सहुलियतपूर्ण ऋण पाउने भएका छन् । राष्ट्र बैंकले कोरोनाबाट प्रभावित क्षेत्रका लागि ल्याएको राहत प्याकेजमा उक्त व्यवस्था गरिएको छ ।