बिहिबार, चैत्र १५, २०८०

आज मन्त्रिपरिषद् बैठक बस्दै, जारी लकडाउनको थप निरन्तरतासंगै विशेष राहत प्याकेजको घोषणा हुने

काठमाडौ चैत १६ , कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै नेपाल सरकारले गत चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि जारी गरेको साताव्यापी लकडाउनलाइ थप निरन्तरता दिने भएको छ ।

आज साँझ ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने मन्त्रिपरिषद् बैठकले कोभिड १८ को महामारीबा केन्द्रीत हुँदै विशेष राहत प्याकेजको घोषणा संगै जारी एक हप्ते लकडाउनको निरन्तरताको सवालमा निर्णय गर्ने तयारी भइरहेको सम्वद्ध श्रोतले बताएको छ।

सम्वद्ध स्रोतका अनुसार हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने सरकारको तयारी रहे अनुरुप लकडाउनलाइ निरन्तरात दिन लागेको बुझिएको छ ।

भारत र तेसो मुलुकबाट नेपाल आएका तथा अस्पतालको आइसोलेसनमा उपचाररत व्यक्तिको अन्तिम स्वास्थ्यजाँच रिपोर्टको विश्लेषणपछि मात्रै लकडाउनबारे पुर्नविचार हुने बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।