शनिबार, बैशाख ८, २०८१

कोभिड- १९ सङ्क्रमण नियन्त्रणमा सघाउ पुग्ने समाचार सामग्री प्रवाह गर्न महासंघको आव्हान

  पत्रकार महासंघको ६५ औं स्थापना दिवस :  महासङ्घको उद्देश्य हासिल गर्न अझ दृढतापूर्वक लागिरहने अध्यक्ष आचार्यको प्रतिबद्धता

काठमाडौ चैत १६,  नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ आजबाट स्थापना वर्षको ६५ वर्षमा प्रवेश गरेको छ । संघीय संस्थागत संरचनामा रुपान्तरित महासंघको पछिल्लो डाटा अनुसार १३ हजार बढी संचारकर्मी आवद्ध रहेको छ । त्यस्तै महसंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रत, लोकतन्त्र, नागरिक अधिकारसंगै श्रमजीवी पत्रकारहरुको हक अधिकारको लागी विगत देखि मुलुकको शासन पद्धति लोकतान्त्रिक गणतन्त्रमा परिर्वन भइसकेको परिपेक्षमा समेत संघर्ष गर्न बाध्य हुँदै आएको छ ।  मुलुकको संविधानले प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गरेपनि यसवीचमा नेपाल सरकारले प्रेस स्वतन्त्रता विरोधी प्रावधान सहित संसद्मा प्रस्तुत गरेका कतिपय प्रेस कानूनमा महासंघको आन्दोलनपछि केहि सुधार भए समग्रमा महासंघको तर्फबाट प्रस्तुत सरोकारहरूको सम्बोधन हुन सकिरहेको छैन ।

त्यस्तै महासंघले लोकतान्त्रको आधारस्तम्भका प्रारुपमा रहेको साना लगानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रारुमा प्रवद्र्धन, सञ्चारमाध्यमलाइ सञ्चार सेवा उद्योगको मान्यता, पत्रकारको दक्षता अभिवृद्धि , श्रमजीवी पत्रकार ऐनका कार्यान्वयन संगै मानुपातिक विज्ञापन वितरण प्रणालीको कार्यान्वयन, दुर्घटना तथा स्वास्थ्य बीमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता जस्ता महत्वपूर्ण मागको सम्बोध अझै हुन सरिहेको छैन । साथै समाचार लेखेकै कारण पत्रकार प्रताडित हुनपर्ने अवस्था अझै विद्यमान रहेको छ ।

राज्य सरकार प्रेस मैत्री बन्न नसक्दा प्रेस स्वतन्त्रता हनन्का घटना समेत यो वा त्यो नाममा कायमनै रहेको छ । हो यी यस्ता सवैखालका समस्याको निराकरण गर्दै महासंघलाइ राम्रो महासंघ र हाम्रो जिम्मेवार महासंघ बनाउन आवश्यक रहेको छ भने पत्रकारले पनि आफ्नो नैतिक धरातलको सिमामा केन्द्रीत हुँदै क्रियाशील हुन आवश्यक रहेको छ ।

यसैवीच स्थापना दिवसको अवसरमा महासंघ अध्यक्ष गोविन्द आचार्यले संचारकर्मीहरुमा शुभकामना व्यक्त गर्दै मुलुकमा कोरोना भाइरस को संक्रमणको खतराका लकडाउन गरिएकाले स्थापना दिवसको औपचारिक कार्यक्रम नहुने भएको छ । अध्यक्ष गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै यस पटक विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा स्थापना दिवसका अवसरमा खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था नरहेको जानकारी दिनुभएको हो ।

त्यस्तै अध्यक्ष आचार्यले मुलुकको विष्म स्थितीको यस घडिमा सम्पूर्ण सञ्चारकर्मीलाइ कोरोनाको सङ्क्रमण नियन्त्रणमा सघाउ पु¥याउन आफू सुरक्षित रही सत्य, तथ्य र सन्देशमूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्वप्रति सबै पत्रकार सजग रहन पनि महासङ्घले आग्रह गर्नु भएको छ । साथै उहाँले हाम्रो सङ्घर्षपूर्ण इतिहास र अग्रजले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासङ्घको उद्देश्य हासिल गर्न अझ दृढतापूर्वक लागिरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।