मङ्लबार, बैशाख ४, २०८१

कोभिड १९ को उपचारका मेडिकल सामान लिन शनिवार नेवानीको वाइडबडी जहाज चीन जाँदै

काठमाडौं चैत १४, विश्वव्यापी कोभिड – १९ को महामारीको प्रकोप रोक्न नेपाल सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत चीनबाट मेडिकल सम्बन्धी सामान ल्याउने भएको छ । सरकाले निगमको जहाज चार्टर गरेर आइतवार र बिहीबार दुई उडानमार्फत कोरोना भाइरस संक्रमितका उपचारमा अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन लागेका हो ।

प्राप्त जानकारी अनुसार नेपाल सरकार अधिकारी हरु पहिलो उडान शनिबार र दोस्रो उडान आगामी २० गते भर्दै दुईवटा उडानमार्फत आवश्यक उपचारका सामान ल्याउने तयारी रहेको बुझिएको छ । त्यस्तै यसरी ल्याईएको  उपचारका सामाग्री नेपाल भित्रिएसंगै नेपाली सेनाको हेलिकोप्टरवाट विभिन्न स्थानमा बाँडिने अधिकारीहरुको जनाएको छ ।

यसअघि अलिबाबाले दिने घोषणा गरेको किट, चिकित्सकले प्रयोग गर्ने पोशाक लगायतका सामाग्री भने शनिवार नै नेपाल आइपुग्ने र सरकाररी टोलीहरुले यसवीचमा चीनबाट व्यक्तिगत सुरक्षाका सामाग्री, कोरोना परीक्षण गर्ने सामाग्री, भाइरसको नमुना संकलन गरेर पठाउने भाँडा , मोनिटर सहितको भेन्टीलेटर, ल्याब सहितको मोबाइल एम्बुलेन्स, मोबाइल एम्बुलेन्स लगायतका सामाग्री ल्याउने बताईएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।