शनिबार, बैशाख ८, २०८१

काँग्रेसको कृयाशिल सदस्यता वितरण कार्य स्थगन ,कोरोना विरुद्धको सचेतना अभियानमा सकृय हुन आव्हान

काठमाडौं चैत ८, विश्वव्यापी प्रभाव फैलाउँदै आएको कोरोना भाइरसको पछिल्लो समय देखिएको बढ्दो जोखिमलाइ दृष्टिगत गर्दै नेपाली काँग्रेसले चैत्र ९ देखि लागु हुनेगरि कृयाशिल सदस्यता नवीकरण र वितरणसंगै समायोजन कार्यका बांकी काम कारवाही चैत्र मसान्तसम्मका लागि स्थगित गरेको छन । भाइरसको बढ्दो जोखिमबाट थप सतर्कताका लागि भन्दै काँग्रेसले तत्कालालाइ  पार्टीैको आसन्न १४औं महाधिवेशन तयारी लक्षित प्रस्तुत कामकारवाही स्थगन गर्ने निर्णय भएको पार्टी प्रवक्ता तथा सूचना, संचार एवम् प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा जोखिमको यस घडिमा शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्मझ कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको कृयाशिलता भने सतर्कतापुर्वक विविध ढंगले जारी रहने उल्लेख गर्दै जिल्ला, क्षेत्र, गाउँ(नगर हुँदै टोल तहसम्म जोखिमको सामना गर्ने रास्ट्रिय दायित्व निर्वाह गर्दै दल, समुदाय र स्वास्थकर्मी संग आवश्यक समन्वय, सहयोग र स्वयंसेविको भुमिका निभाउनुपनि कांग्रेसले आव्हान गरेको छ ।

त्यस्तै स्थलगत सांगठनिक गतिविधि रोकिए पनि कोरोना सचेतना अभियानको आवश्यकता अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।