शुक्रबार, बैशाख ७, २०८१

बैशाख १८ गतेसम्म देशभर खेलकुदका सम्पूर्ण गतिविधी बन्द

काठमाडौ चैत ६ , विश्वव्यापी त्रास बन्दै गइरहेको कोरोनाको संभावित जोखिमबाट बच्नका लागि सरकारले बैशाख १८ गतेसम्मको लागि देशभर कुनै पनि खेल गतिविधी संञ्चालन नगर्न भनेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले आगामी बैशाख १८ गते सम्मका लागि रंगशाला र खेल स्थल बन्द गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्ले यसअघीनै एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्न निर्देशन दिएको थियो । खेलकुद परिषदको निर्णयसँगै अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरिरहेको ‘बी’ डिभिजन लिग समेत स्थगित भएको थियो ।

यसैगरी नेपाल र इङ्ल्याण्डको २३ वर्ष मुनिको सी टोलीबीच पहिलो पटक हुन लागेको फुटबल खेल समेत स्थगित भएको छ । पहिलो मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आगामी जेठ महिनामा इङ्ल्यान्डको भ्रमणमा जाने कार्यक्रम कोरोना भाइरसको जोखिमका कारण स्थगित भएको एन्फाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829