शनिबार, बैशाख ८, २०८१

घुस लिएको अभियोगमा वन अधिकृत श्रेष्ठ र दोभाषे कुर्मी पक्राउ

काठमाडौ फागुन ३०, डिभिजन वन कार्यालय दोलखामा कार्यरत सव डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठलाई स्रोत नखुलेको रु दुई लाख तीन हजार ५०० सहित पक्राउ गरेको छ । आयोगद्दारा आज जारी विज्ञप्तिमा वन अधिकृत श्रेष्ठलाइ काठ व्यापार गर्ने व्यापारीसँग घुस लिइ सरकारी सवारी साधनमा दोलखाबाट काठमाडौँ आउँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको उल्ल्ेख गरिएको छ ।

त्यस्तै जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा कार्यरत विश्वनाथ कुर्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । कुर्मीले ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु २ लाख घुस मागिरहेकै अवस्थामा आयोगको बुटवल टोलीले पक्राउ गरेको उल्लेख गरिएको गर्दै निजलाइ बिहीबार पक्राउ गरिएको भए पनि अनुसन्धान जारी रहेकाले श्रेष्ठ र कुर्मी दुवैलाइ आज सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।