बिहिबार, बैशाख १३, २०८१

काठमाडौं उपत्यकासहित देशभर बदली, हावाहुरी, वर्षा र चट्याङ पर्ने सम्भावना

काठमाडौं फागुन ३० ,   जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणाली प्रभावका कारण आज काठमाडौं  उपत्यकासहित देशभरको मौसममा बदलीसंगै देशभर पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार बिहीबार पश्चिम नेपाल हुँदै नेपाल पसेसंगै उक्त प्रणालीले पश्चिम नेपालमा वर्षा गराएको छ भने काठमाडौं उपत्यकासहित देशभर बदली हुनुका साथै फाट्टफुट्ट पानी पर्ने संभावना रहेको जनाउँदै यसवीचमा  हावाहुरी, वर्षा र चट्याङ पर्ने सम्भावना समेत रहेको जनाएको छ ।

त्यस्तै यहि प्रवृति शनिवार पनि जारी रहने जनाउँदै महाशाखाले  शनिबार पनि मौमस बदली भई पानी पर्नेछ । यसवीचमा मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिको मौसम सम्बन्धी पूर्वानुमान तालिका जारी गर्दै  फागुन ३० गते   दिउँसोः देशभर सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भू–भागका केही स्थानमा र पूर्वी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना औल्याएको छ ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी भू–भागलगायत मध्यका धेरै स्थानमा र पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना औल्याएको छ ।

चैत्र ०१ गते   दिउँसोः देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।  रातीः देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशका पश्चिमी भू–भागका थोरै स्थानमा तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना छ ।

चैत्र ०२ गते   दिउँसोः देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना छ । रातीः देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको मध्य तथा पूर्वी पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना औल्याउँदै     आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श अन्र्तगत   पश्चिमी भू–भागलगायत मध्यका धेरै स्थानमा र पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।