शुक्रबार, बैशाख १४, २०८१

ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ९४१ सवारीसाधनलाई कारवाही

काठमाडौ फागुन २६,  ट्राफिक प्रहरीले होली पर्वका क्रममा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६४५ मोटरसाइकल तथा २९६ चारपाङ्ग्रे सवारीसाधन गरि १ हजार ९४१ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वलमइ दृष्टिगत गर्दै गरेको चेकजाँचको क्रममा जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको हो ।

ट्राफिक प्रहरीका अनुसार यसरी कारवाही गरिएका सवारी धनीहरु कोहि मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा धेरै राखेर सवारी चलाउने, मोटरसाइकल तीव्र गतिमा चलाउने चालक रहेको जनाएको छ । चेकजाँचको क्रममा ट्राफिक प्रहरीले बिहान ७ देखि साँझ ७ बजेसम्म ७६ स्थानमा विशेष जाँचको व्यवस्था गर्नाका साथै १४ वटा मोबाइल भ्यानबाट समेत जाँच गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।