शुक्रबार, चैत्र १६, २०८०

१४ औँ महाधिवेशनको तयारीसंगै नयाँ क्रियाशील सदस्यता वितरणमा काँग्रेस

काठमाडौ चैत ३ ,   नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाइ तीव्रता दिएको छ ।
पार्टीको विधानत व्यवस्था अनुरुप प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरणलाइ काँग्रेसले तिव्रता दिएको हो ।

केन्द्रीय कार्यसमितिको गत माघ २९ गतेको बैठकले विद्यमान क्रियाशील सदस्य सङ्ख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गरे काँग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि गत फागुन १६ गतेदेखि फारम वितरण शुरु गरी यही चैतसम्म सम्पन्न गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरेका थिए ।

काँग्रेसको नियमावलीबमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २०० लाग्नेछ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क रु ३०० लाग्छ । जिल्लामा पठाइएका क्रमसङ्ख्याअनुसारका क्रियाशील सदस्यता फारम जुन जिल्ला र मातहत निकायलाई दिइएको छ, सोही जिल्ला र मातहत निकायमा मात्र प्रयोग गर्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ ।  यसअघि काँग्रेसमा ‘साधारण सदस्यता लिएको एक वर्ष पुगेपछि’ मात्र क्रियाशील सदस्यता प्राप्त हुने प्रावधानलाई निलम्बन गर्दै पार्टीका विभिन्न तहका साङ्गठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेका छन ।

काँग्रेसको आसन्न १४औ महाधिवेशनको प्रकाशित कार्य तालिका अनुसार गाउँ/नगर वडा अधिवेशन–२०७७ साल कात्तिक १६ गते, गाउँ/नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय गरेको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।