शुक्रबार, बैशाख ७, २०८१

स्वच्छ पिउने पानीका लागि महानगरका ५ वटा वडामा वाटर एटिम

काठमाडौं चैत ९, काठमाडौं महानगर क्षेत्रभित्रका सार्वजनिक ठाउँमा स्वच्छ पिउने पानीका लागि स्मार्ट वाटर भेन्डिङ् मेसिन अर्थात वाटर एटिएम राख्नका महानगर काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोडवीच आज एक कार्यक्रमावीच सम्झौपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता मुताविक चालु आर्थिक बर्षभित्र वडा ४ को शंखपार्क, वडा १५ स्वयम्भूको भुइँखेल, वडा १६ को बालाजु पार्क, वडा २८ को शंखधर पार्क र वडा ३१ को ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटिएम स्थापना गदैं आउँदो ३ बर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ भने महानगरपालिकाले एटिम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराउने भएको छ ।  महानगरका प्रमुख बिद्यासुन्दर सुन्दर शाक्यको रोहवरमा सहमति पत्रमा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट कार्यकारी निर्देशक सञ्जीबबिक्रम राणाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौाता हस्ताक्षर कार्यक्रममा महानगर प्रमुख शाक्यले महानगरका नागरिकको आधारभूत आवश्यकता पूरा गर्नका लागि प्रबिधिजन्य प्रणाली जडान गर्ने लक्ष्य अनुरुप यसकिसिमको सम्झौात भएको बताउँदै सहरबासीलाई स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउनु महानगरको दायित्व समेत भएको बताउँनु भयो ।

त्यस्तै बोर्डका कार्यकारी निर्देशक राणाले ‘अहिले नचाहिए पनि १ लिटर पानी अनिवार्य किन्नु पर्ने अवस्था छ । एटिम जडान भएपछि उपभोक्तासँग आफूलाई चाहिनेजत्ति मात्र पानी किन्ने बिकल्प उपलब्ध हुने बताउँदै एटिएम  स्थानापछिका ३ महिना सञ्चालन व्यवस्थापनसहित लागत मुल्य करीब १५ लाख ७५ हजार हुने जानकारी दिनु भएको छ । कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत लगायतले एटिएमको आवश्यकता र उपादेयतामाथि प्रकाश पार्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।