शनिबार, बैशाख ८, २०८१

स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई निर्धक्क सेवामा जाने वातावरण बनाउन माग

काठमाडौं चैत ६ , स्थानीय तह कर्मचारी युनियन नेपालले स्थानीय तहका काम गर्ने कर्मचारीहरुलाई निर्धक्क सेवामा जाने वातावरण तयार गर्न तीनै तहका सरकारसँग माग गरेको छ । कोभिड — १९ (कोरोना) को त्रास सबैतिर भएका बेला यसबाट कर्मचारीवृत पनि अछुतो नरहेको बताउँदै स्थानीय तहका कर्मचारीले जनसाधारणसँग प्रत्यक्ष सम्पर्कमा बसेर सेवा गर्नु पर्ने भएकोले उनीहरुमा खतरा रहेको कर्मचारी युनियनले जनाएको छ ।

संघका महासचिव रामप्रसाद पौडेलद्दारा आज जारी बिज्ञप्तिमा नेपाल सरकारले संक्रमणलाई न्युनीकरण गर्न नीतिगत र कार्यगत व्यवस्थाबाट सर्वसाधारण व्यक्ति तथा निकायलाई भेला, सभा सम्मेलन नगर्न, भीडभाडमा नजान सचेत गराइसकेको अवस्थामा कर्मचारीको सुरक्षालाई वेवास्ता गर्न नमिल्लने  उल्लेख गरिएको छ ।
त्यस्तै बिज्ञप्तिमा नागरिकका दैनिक काम स्थानीय सरकारका ५ हजार बढी वडा कार्यालयबाट प्रवाह भइरहेको छ । स्थानीय तह नै जनताको नजिकको सरकार हो । सेवाप्रवाहलाई बर्गीकरण गर्दा फोहोरमैला व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा, शैक्षिक गतिबिधि, सूचना तथा सञ्चार, आपतकालीन खोज तथा उद्धार जस्ता समुदायसँग मिलेर प्रवाह गर्नु पर्ने काम स्थानीय तहकै कर्मचारीले गर्नुपर्ने भएकोले आफूहरु अति जोखिममा रहेको जिकिर गर्दै कर्मचारीलाई सुरक्षा पोशाक तथा उपकरण, सुरक्षित काम गर्ने पूर्वाधार, जोखिमपूर्ण अवस्थामा निर्धक्क काम गर्ने मनोबल उपलब्ध गरउँन माग गरिएको छ ।

त्यस्तै बिज्ञप्तिमा संघ, प्रदेश र स्थानीय सरकारसँग स्थानीय तहमा फोहोर मैला व्यवस्थापनमा काम गर्ने (निजी क्षेत्रमा समेत) कर्मचारी/ कामदारहरुलाई भाइरस निरोधात्मक पोशाक (एप्रोन, नसर्ने माक्स, ग्लोब, बुट) लगायतका सामग्रीहरुको तत्काल व्यवस्था गर्न , ७५३ वटै स्थानीय तह एवं सवै वडा कार्यालयहरुमा सेवाग्राही सेवा लिन आउँदा आवश्यकताअनुसारको भाइरस निरोधात्मक स्वास्थ्य सामग्रीको व्यवस्था एवं वडा वडामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन त्यस्तै स्थानीय तहमा काम गर्ने कर्मचारी/कामदारहरुका लागि संक्रमित अवधि समाप्त नहुञ्जेलका लागि जोखिम भत्ता स्वरुप शुरु तलबको कम्तीमा ७५ प्रतिशत रकम उपलब्ध गराउ लगायतका ७ बुँदे माग समेत प्रस्तुत गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।