बिहिबार, बैशाख १३, २०८१

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने

पार्टी प्यालेस, साँस्कृतिक कार्यक्रम, मठमन्दिरका धार्मिक कार्यक्रम लगायतका कुनैपनि कार्यक्रममाथि प्रतिबन्ध, बैशाख १८ गते सम्म कायम रहने धेरै भीडभाड हुने स्थल फिल्म हल, जिम हल, नाइट क्लब, डान्सबार बन्द गर्ने निर्णय

काठमाडौं चैत ५,  कोरोना भाईरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आज बसेको बैठकले कोरोना भाईरस संक्रमणको जोखिम बढ्न नदिन सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ ।  बुधबार बसेको बैठकले पार्टी प्यालेस, साँस्कृतिक कार्यक्रम, मठमन्दिरका धार्मिक कार्यक्रम लगायतमा प्रतिबन्ध लगाउँदै २५ जनाभन्दा बढी एकै ठाउँ बस्न नपाइने निर्णय गरेको हो ।

त्यस्तै बैठकले आगामी बैशाख १८ गते कायम रहने गरि धेरै भीडभाड हुने स्थल फिल्म हल, जिम हल, नाइट क्लब, डान्सबार पनि बन्द गर्ने निर्णय गनुको अलावा अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।  साथै आजको बैठकले कोरोना भाईरसबारे अफवाह फैलाउनेहरुमाथि सख्त कारबाही गर्ने चेतावनी दिदै उपप्रम इश्वर पोखरेलको अध्यक्षतामा बसेको आजको बैठकले इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका कुनै पनि मुलुकबाट नेपाल आउन रोक लागउने  लगायतका १५ बुँदे निर्णय गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।