बिहिबार, चैत्र १५, २०८०

सार्क राष्ट्रका प्रमुखहरुबीच भिडियो कन्फ्रेन्स : कोरोना आतंक न्यूनिकरणका लागि एकीकृत कार्य सम्पादनको प्रतिवद्धता

काठमाडौं चैत २, कोरोना भाइरसको संक्रमण न्यूनीकरण, नियन्त्रण र फैलन नदिन सार्क स्तरिय राष्ट्रप्रमुख र सरकार प्रमुख र मन्त्रीहरुबीच छलफल भैरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क राष्ट्रका सार्कका राष्ट्र तथा सरकार प्रमुखहरू भिडियो कन्फ्रेन्स संवाद भइरहेको हो ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि आज पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भिडियो कन्फरेन्समा सहभागी हुन भएको छ ।

 त्यस्ते भिडियो कन्फरेन्समा सहभागी सार्क स्तरिय राष्ट्रप्रमुख र सरकार प्रमुखले कोरोनाको आअफ्नो मुलकको विषयमा जानका री राख्दै विश्वव्यापी प्रभावमा रहेको कोरोानाको आतंक न्यूनिकरणका लागि एकीकृत रुपमा मेडिकल टिम र स्रोत साधान, स्वास्थ्य उपकरणहरुको आदान प्रदान र अपतकालिन ब्यवस्थापन र सुचनाको आदान प्रदान संगै  अनुसन्धानमा सामुहिक रुपमा अघि बढने प्रतिवद्धता  व्यक्त गर्नुको अलावा   एउटा साझा कोष स्थापना गर्न प्रस्ताव प्रति नितिगत सहमति समेत कायम गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।