शनिबार, बैशाख ८, २०८१

सरकारी निर्णय कार्यान्वनको पक्षमा सरकार कडाइका साथ प्रस्तुत हुँदै

काठमाडौं चैत ९, कोभिड–१९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोनाको जोखिम नियन्त्रणका मुद्दालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारले शुरु गरेका कतिपय निर्देशनात्मक कुराहरुलाई कार्यान्वयनमा लैजाँदा त्यसको प्रभावकारिता हेर्नुपर्ने अवस्था आएको ठहर गर्दै यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकमा प्रधानमन्त्री केपी ओलीबाट राष्ट्रका नाममा भएको सम्बोधनको कार्ययोजना बनाएर कार्यान्वयन गर्ने र त्यसको अनुगमन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको जानकारी दिदै सरकार प्रवक्ता समेत रहेका सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले क्वारेन्टाइनमा बसे नबसेको विषयको अनुगमनको नेतृत्व गृह र स्वास्थ्यमन्त्रीले गर्दै जोखिमपूर्ण अवस्थामा रहेका बिरामीलाई उच्च सतर्कताका साथ अघि बढाउन सुरक्षा निकायको परिचालन गर्ने र क्वारेनटाइनका लागि विभिन्न क्षेत्रबाट उपलब्ध गराउने भनिएका भवनलाई स्थानीय तहबाट सूचीकृत गर्ने निर्णय भएको जानकारी दिनु भएको छ ।

साथै उहाँले कोरोनासँग सम्बन्धित पूर्वसूचना र सतर्कता अपनाउनुपर्ने विषय, तयारीको जानकारी र सबै नागरिकले अनुशासनमा बस्नुपर्ने कुरालाई व्यवस्थित गर्न सार्वजनिक, निजी र सबै क्षेत्रका सञ्चारमाध्यम संग सहकार्य गर्दै कार्य सम्पादन गर्ने ,आपूर्ति व्यवस्था प्रभावकारी बनाउन आपूर्तिमन्त्रीको संयोजकत्वमा कार्यदलको गठनस्वास्थ्य सामग्रीको आपूर्तिमा देखिएका समस्याहरुलाई समाधान गर्न स्वास्थ्य मन्त्रालयले आवश्यक सामान खरिद गर्ने र मुलुकमा उपलब्ध नहुने वस्तुको हकमा भने विदेशी सहायताका लागि अर्थ र परराष्ट्र मन्त्रालयको पहलमा अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्नका लागि राजदूतावासमार्फत खरिद प्रक्रिया शीघ्र अघि बढाउने निर्णय संगैकोरोनासम्बन्धी सरकारले गरेका निर्णयको कार्यान्वयन भए नभएको निरन्तर अनुगमन गरी प्रभावकारिता ल्याउन उपप्रधानमन्त्रीको नेतृत्वको समितिले काम गर्ने जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।