शनिबार, बैशाख ८, २०८१

सरकारले कालाबजारी विरुद्ध हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा नेता सिंहको जोड

काठमाडौं चैत ४, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर जनजीवन अस्तव्यस्त बनाउँदै फैलँदै गएको कोभिड–१९ को नाममा नेपालमा कालोबजारी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ।

नेपाली काँग्रेस काठमाडौका क्षेत्रीय सभापति र काठमाडौँ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलको क्रममा नेता सिंहले पछिल्लो समय बजारमा देखिएको काला बजारी र कृतिम अभावको समस्याबाट जनतालाइ राहत दिन जनप्रतिनिधिले महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
साथै उहाँले कालोबजारी विरुद्ध सरकारले हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिदै जनप्रतिनिधिलाई जनताको घरघरमा पुगेर कोरोना भाइरसले जनजीवनमा पार्नसक्ने प्रभावको बारेमा जनचेतना फैलाउन निर्देशन समेत दिनुभएको छ ।

कार्यक्रममा पूर्वमन्त्री राजेन्द्र केसी काठमाडौं काँग्रेसका सभापति सबुज बानियाँ लगायतले पनि त्यस अवसरमा वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।