शुक्रबार, चैत्र १६, २०८०

शिक्षासेवी गुरुङ्ग सम्मानीत

काठमाडौं फागुन २५, पाँचथर जिल्लाको साविक मिक्लाजुङ्ग गाविसमा नमुना प्राथमिक विद्यालय स्थापना गरि शैक्षिक क्षेत्रमा महत्वपुर्ण योग्दान पुर्‍याएको भन्दै अन्जना गुरुङ्गलाइ सम्मानीत गरिएको छ।
नागरिक एकता समाज परिवार द्वारा ११० औ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्षयमा राष्ट्रिय नारी सेवा सम्मान २०७६ बाट गुरुङ्गू सम्मानित गरेको हो । शिक्षासेवी गुरुङ्ग बालबालिकाको शिक्षालाई सुलभ र सुबिधा सम्पन्न बनाउन हाल यूकेमा रहेर पनि बिभिन्न सामाजिक सेवामा सक्रिय रहदै आइरहेकी छिन ।

सम्मान कार्यक्रममा वोल्दै शिक्ष सेवी गुरुङ्गले आजको सम्मानले भविष्यमा थप सधै सदमार्गमा हिडन उर्जा प्राप्त भएको बताउँदै आयोजक संस्था नागरिक एकता समाज प्रती पनि हार्दिक धन्यबाद ज्ञापन गर्दै   ११० औ नारी दिवसको अवसरमा सम्वद्ध सवैमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।