बिहिबार, बैशाख ६, २०८१

व्यवसायी रुङ्गटा कोरोना संक्रमित नभएको अस्पतालको प्रष्टोक्ति (रिपोर्ट सहित)

काठमाडौ चैत ९,  पटनाको अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरका ६७ बर्षिय व्यवसायी शिवकुमार रुङ्गटा कोरोना संक्रमित नभएको उपचारारत अस्पतालले जनाएको छ ।यसअघि भारतीय सत्तञ्चारमध्यमको हौलावा दिदै नेपालका समेत केहि सञ्चारमाध्यम र सामाजीक सञ्जालमा व्यवसायी रुङ्गटालाइ कोरोना संक्रमण भएको भन्ने जस्ता भ्रामक समाचार सम्प्रेषण गर्दै जनमानसमा एक किमिको समाचार आतंक सिर्जना गरिएको थियो ।


त्यस्तै प्रकाशित प्रशारित समाचारमा व्यवसायी रुङ्गटालाइ संक्रमण देखिएसंगै पटनामै आईसोलेसनमा राखेर उपचार गरिएको र उनको परिवारलाई आइसोलेसनमा पठाइएको र परिवारका सदस्यहरुमा संक्रमण भएको पुष्टि नभएको उल्लेख गरिएको थियो । तर पटना मेडिकल कलेज अस्पतालले प्रस्तुत प्रकरणमा व्यवसायी रुगंटालाइ संक्रमण नभएको जनाउ सहितको रिपोर्ट दिएसंगै विरगञ्जवासीमात्र नभइ आम नेपालीमा यसअघि छाएको नकारात्मक सूचना र समाचारको प्रभाव हटेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।