शुक्रबार, चैत्र १६, २०८०

विश्वका ८ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्ने अनअराइभल भिसा बन्द

काठमाडौ फागुन २६,  विश्वव्यापी प्रभाव फैलाउँदै आएको कोरोना भाइरसको संक्रमण मुलुकमा भित्रिन नदिन नेपाल सरकारले भाइरसको प्रकोप बढ्दो रहेको विश्वका ८ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्ने अनअराइभल भिसा बन्द गरेको छ ।

अध्यागमन विभागले आज जारी गरेको विज्ञप्तिमा विदेशी नागरिक विना रोकतोक नेपाल आइरहँदा कोरोनाको त्रास बढेको भन्दै मंगलवारदेखि लागू हुने गरी कोरोना भाइरसको संक्रमण धेरै देखिएका   चीन, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, जर्मनीका नागरिकलाई अनअराइभल भिसा बन्द गरेको गरेको हो ।

त्यस्त्ै विज्ञप्तिमा उल्लेखित ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोना भाइरसको संक्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाण पत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिएपछि मात्रै भिसा पाउने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।