बिहिबार, बैशाख १३, २०८१

विश्वका २ सय १ मुलुकमा कोभिड-१९ को महामारी, मृत्यु हुनेको संख्या ३३ हजार नाघ्यो

काठमाडौं चैत १७,  विश्वव्यापी महामारीकोे रुपमा फैलिएको कोभिड- १९ बाट प्रभावित मुलुकको संख्या दुई सय नाघेको छ । ३ महिनाअघि चीनको वुहानबाट सुरु भएको उक्त भाइरस २ सय १ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको हो ।

त्यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ५६ जना पुगेको छ भने ७ लाख २१ हजारभन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा बढी इटलीमा कोरोना भाइरसका कारण १० हजार ७ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित हुनेको संख्या ९७ हजार ६ सय पुगेको छ । त्यस्तै अमेरिकामा संक्रमितको संख्या १ लाख ४१ हजार नाघेको छ । यो संख्या संक्रमण फैलिएका मुलुकहरु मध्येको सबैभन्दा बढी हो । योसमाचार तयार पार्दाको समयसम्मा मृत्यु हुनेको संख्या २ हजार ४ सय ७५ पुगेको छ ।

साथै स्पेन , फ्रान्समा इरान, बेलायत, बेल्जियम ,  नेदरल्याण्डमा , स्विजरल्याण्डमा , इण्डोनेशिया , टर्की पोर्चुगल दक्षिण कोरिया त्यस्ते गरि भारत पाकिस्तान श्रीलंका, माल्दिभ्स अफगानिस्तान बंगलादेशमा पनि संक्रमित र मृत्युहुने सख्यामा बढाव आएको छ । साथै नेपाल पनि अहिले सम्म् ५ जनामा संक्रमण देखिएपनि एक जना यसअघिनै उपचार पछि निको भएका छन भने बाँकीको उपचार भइरहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।