बिहिबार, बैशाख १३, २०८१

वडावासीलाइ कुनै समस्या भए तत्काल वडा समितिमा सम्पर्क गर्न वडाध्यक्ष श्रेष्ठको आव्हान

काठमाडौ चैत १६,  काठमाडौं महानगरपालिका वडा न .१९ ले विश्वव्यापी महामारीको प्रारुपमा फैलिएको कोभिड-१९ संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण वडा क्षेत्रमा बसोवास गर्ने कुनै नागरिक वा वडावासीलाइ कुनै समस्या भए तत्काल वडा समितिका जिम्मेवार प्रतिनिधिलाइ सम्पर्क गर्न आव्हान गर्नु भएको छ ।

वडा न . १९का वडाध्यक्ष शशिलाल श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्न अन्र्तगत जारी लकडाउन आदेश कुनै रहका नभइ विषम परिस्थितीको न्यूनिकरणका एवम नागरिककोे सुस्वास्थ्यको लागि मात्र भएको बताउँदै यसको पालना गर्नु नागरिकको दायित्व भएको बताउँनु भएको छ ।

मानवीय भावना, समर्पण र साहस नै आजको विश्वव्यापी महामारीबाट बाहिर निस्कने मुख्य मार्ग भएकाले लकडाउनको यस विषम अवस्थामा अत्याआवश्यक खाधान्न लागयत दैनिक उपभोग्य सामाग्री खरिदको लागि बजारमा जाँदा पनि मास्क लगाउँदै १-१ मिटरको सामाजीक दुरी कायम गर्दै सामाग्री खरिद गर्न समेत अपिल गर्नु भएको छ ।

साथै यसवीचमा वडा भित्र बसोवास गर्ने तर रोजगार विहिन भइ दैनिक गुजारा गर्न समेत असहज अवस्था भएका नागरिक वा वडावासीले वडाका जनप्रतिनिधीलाइ सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ ।  साथै यसवीचमा स्थायी वा अस्थायी रुपमा विदेशबाट फर्केका कुनै नागरिक यस वडा समितिमा बसोवास गर्नु भएको छ भने तत्काल वडा समितिमा सम्पर्क गर्नहुन समेत आग्रह गर्नु भएको छ ।

सम्पर्कका लागि वडा समितिको टेलिफोन न   .०१४२५७९७९
शशिलालश्रेष्ठ (वडाध्यक्ष)  –                               ९८५१२७९९१९
चन्द्रमान डंगोल (वडा सदस्य )                       ९८५१० ६८५५५
रेणु कमल शाही (महिला सदस्य)                     ९८४०१७७८४२
मधुसुदन प्रधान (वडा सदस्य)                          ९८४१२५४६९५
रञ्जिता परियार (महिला वडा सदस्य)               ९८४१६४७७१५

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।