बिहिबार, बैशाख ६, २०८१

लकडाउन उल्लङ्घन गर्ने ६८ जना नियन्त्रणमा, बुधवारबाट थप कडाइ

काठमाडौं चैत ११, विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड-१९- को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झाई बुझाई गर्दा समेत अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जना गरी २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
साथै नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले कोरोना संक्रमणको संभावित जोखिम बारे सम्झाई बुझाई गर्नुका साथै आवश्यक सुधपुछ तथा अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैवीच सरकारले आह्वान गरेको लकडाउनलाई प्रहरीले भोलिबाट कडाइका साथ लागू गर्ने भएको छ ।आज पहिलो दिन भएकाले माइकिङ र सडकमा अटेर गर्दै अनुमति प्राप्त नभएक सवारी साधनलाई सम्झाइबुझाइ छाडेको भएपनि बुधवारबाट अनुमति नलिई सडक सवारी चलाए चालक र सवारी साधनलाई नियन्त्रणमा लिइने काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले जानकारी दिनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।