शुक्रबार, बैशाख ७, २०८१

लकडाउन’को अवधिमा हुने या हुनसक्ने सबै जटिलतालाई सहज बनाउन काँग्रेसको आग्रह

सरकारद्वारा स्थापना गरिएको कोषमा नेपाली काँग्रेसको रु ५० लाख सहयोग

काठमाडौं चैत ११,  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ को जोखिम सामना गर्न सरकारले घोषणा गरेको ‘लकडाउन’को निर्णयलाई आत्मसात् गर्दै पालना गर्न सबैमा आव्हान गरेको छ ।

साथै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै लकडाउनको अवधिमा हुने या हुनसक्ने सबै जटिलतालाई सहज बनाउन सरकारले सम्बन्धित संयन्त्रको व्यवस्थित र प्रभावकारी परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै  साताव्यापी लकडाउनको अवधि लम्बिन पनि सक्ने जनाउँदै त्यस्तो स्थितिमा दिनभरि काम गरेर खाने निम्न बर्ग , विद्यार्थी र बेरोजगार नागरिकको स्थितिमा जटिलता उत्पन्न हुनसक्ने बताउँदै त्यस्ता व्यक्तिका लागि यथाशीघ्र विशेष राहतको प्याकेज निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ।

त्यस्तै विज्ञप्तिमा प्रवक्ता शर्माले कठिन अवस्थामा नागरिकलाई सुसूचित गर्ने राज्यको चौथो अङ्ग सञ्चारमाध्यम एवं पत्रकारलाई विभिन्न रुपले प्रोत्साहित, सुरक्षित र संरक्षण गर्ने कर्तव्य राज्यले निभाउनुपर्ने उल्लेख  गर्नुभएको छ ।

साथै  खाद्यान्न, पानी, अन्य रोगका औषधि एवं ग्यास, मट्टितेललगायतको अभाव असहजता हुनसक्ने स्थिति आउन नदिन सङ्घीय सरकारले तिनै तहको सरकारबीच समन्वय गरी भरपर्दो सुनिश्चितता मिलाउन समेत सरकालाइ आग्रह गर्दै मुलुकको विषम स्थितीको यस अवस्थामा सरकारलाई सघाउनु सबैको कर्तव्य भएको र आफूहरु पनि यो दायित्व निभाउन निरन्तर लागिरहने बताउनुभएको छ ।

यसैवीच नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमण रोकथाममा रु ५० लाख सहयोग गर्ने भएको छ ।नेपाल सरकारद्वारा स्थापना गरिएको कोष’मा पार्टीका तर्फबाट एकमुष्ट रु ५० लाख जम्मा गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भएको छ। त्यस्तै काँग्रेसका सङ्घीय सांसदले यसअघि १५ दिनको तलब बराबरको रकम उक्त कोषमा सहयोग गर्ने निर्णय यसअघिनै गरिसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829