बुधबार, बैशाख ५, २०८१

लकडाउनका कारण अलपत्र परेका स्वदेशी र विदेशी नागरिकको उद्धार भइरहेको गृहको जनाउ

काठमाडौ चैत १४, गृहमन्त्रालयले मुलुकमा कोभिड १९को उच्च जोखिम देखिएसंगै सरकारले जारी गरेको साताव्यापी लकडाउनका आदेशपछि विभिन्न क्षेत्रमा अलपत्र परेका स्वदेशी र विदेशी नागरिकलाई हवाई वा स्थल सवारीसाधनबाट उद्धार गरी गन्तव्यमा पठाउने कार्य तीब्ररूपमा अघि बढेको जनाएको छ

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेखभएअनुसार अलपत्र परेका स्वदेशी र विदेशी नागरिकलाई उद्धार गर्ने क्रममा मुस्ताङ, कास्की, सोलुखुम्बुलगायतका विभिन्न जिल्लाबाट विदेशी नागरिकलाइ उद्धार गरि आजै सम्बन्धीत मुलुकमा पठाईएको जनाएको छ । त्यस्तै रूपन्देही, बाँके, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, दैलेख, तेह्रथुम लगायतका जिल्लामा रोकिएको नेपाली कामदारको जो अलपत्र परेका छन उनिहरुलाइपनि आआफ्नो गृह जिल्लासम्म उद्धार गरी पु¥याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै फोहरमैला व्यवस्थापन गर्ने कार्य आवश्यक सेवाअन्तर्गत पर्ने भएकाले काठमाडौ उपत्यकाको फोहर विसर्जन गर्ने स्थल नुवाकोट जिल्लाको ओखरपौवामा केही समस्या देखिएको सन्दर्भमा काठमाडौँ महानगरपालिकाका प्रमुखसमेतको उपस्थितिमा आज छलफल गर्दै महानगरपालिकाले स्थानीय तहसँग आवश्यक समन्वय गरी बाधा अवरोध हटाउने र फोहरमैला विसर्जन गर्ने कार्यलाई नियमित गराउनका लागि स्थानीय प्रशासन र सुरक्षा निकाय आवश्यकताअनुसार परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गरि विज्ञप्तिमा मालबाहक सवारीसाधनको आवागमनका विषयमा देखिएको समस्या ि अन्त्य गर्न, औषधि, खाद्यवस्तु, पानी, दुध, फलफूल, तरकारी, ढुवानीको सवालमा पनि नितिगत निर्देशन दिईएको जनाउँदै यसवीचमा त्यस्तो कुनै समस्या वा कुनै गुनासो, सल्लाह एवं सुझावहरू भए टोलफ्रि नम्बर ११४९ मा सम्पर्क गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829