शुक्रबार, बैशाख ७, २०८१

रुवेला -दादुरा खोप खोप कार्यक्रमका लागि ३ दिने अभिमुखीकरण

काठमाडौं चैत ३ , काठमाडौं महानगरले आगामी चैत्र १९ गतेबाट शुरु हुने रुवेला- दादुरा खोप खोप कार्यक्रमका लागि ३ दिने अभिमुखीकरण शुरु गरेको छ । कार्यक्रम मुलत सन् २०२३ सम्ममा नेपालबाट रुवेला दादुरा निवारण गर्ने राष्ट्रिय अन्तरराष्ट्रिय लक्ष्य अनुरुप खोप सम्बन्धि बिद्यमान अवस्था, परामर्श, खोप अभियानको आवश्यकता, खोप सेसन तयारी र सञ्चालन, खोपपश्चात् देखिने अबाञ्छित घटना जोखिम व्यवस्थापन लगायतका बिषय समावेश गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा महानगरका खोप अधिकृत सूर्य खड्का, जनस्वास्थ्य अधिकृत मञ्जु मास्के, बिश्व स्वास्थ्य संगठनका परामर्शदाता डा. भेषराज पोखरेल र सर्भलेन्स मेडिकल अफिसर डा.सागर शाक्यले सहभागी ८० जना स्वयम सेवीलाइ प्रशिक्षण् दिने बताईएको छ ।

त्यस्तै जन्मेको ९ महिनादेखि माथि र ५ बर्ष मुनिका बालबालिकाला लक्षित प्रस्तुत खोप कार्यक्रम महानगरका ३२ वडालाई ३ खण्डमा विभाजन गर्दै  पहिलो खण्डमा चैत १९ गतेदेखि २१ गतेसम्म वडा ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडामा त्यस्तै दोस्रो खण्डमा २२ गतेदेखि २४ गतेसम्म वडा १, २, ३, ४, ५, ११, १२, १३, २६, २७, २८, २९ र ३० वडामा त्यस्तैगरि तेस्रो खण्ड अन्र्तगत २५ गतेदेखि २७ गतेसम्म वडा नं १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ गरी १२ वटा वडामा स१चालन गरिने बताईएको छ । त्यस्तै यसअवधिमा छुटेका बालबालिका लागि २८ गते महानगरले सञ्चालन गरेको २७ वटा सहरी स्वास्थ्य क्लिनिकबाट खोप दिइने महानगरले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829