शुक्रबार, बैशाख १४, २०८१

राजधानीको बसन्तपुरमा यस्तो देखियो होलीको उमङ्ग

काठमाडौं फागुन २६, प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा आज मनाइएको छ । मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा मनाइने होली पर्व मुलत वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक आपसमा विनोदपूर्ण वातावरणमा विभिन्न रङ दलेर मनाउँने गर्छन ।

यसैक्रममा राजधानीको बसन्तपुर दरवार क्षेत्रमा आज विगतको भन्दा फरक तरिकाबाट होली मनाईएको छ ।विश्वव्ययापी फैलिएको कोरोना भाइरसको प्रभाव  नेपालमा अहिलेसम्म नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन  भनेसंगै नेपाल सरकार र मातहतका निकायले होली लगायतका कुनैपनि पर्व नमनाउँन आग्रह गरे अनुरुप यसपटक होली मनाउँने क्रममा फरकपन आएको हो ।

यद्यपी बसन्तपुरमा जम्मा भएका युवापिढींमा कोरोनाको सन्त्रास भन्दा पनि पर्वको स्वागतार्थ रङ र अविर दल्दै फरकपनमा होली मनाउँने जमातको उल्लेख्य उपथिती रहेको थियो ।