मङ्लबार, बैशाख ४, २०८१

रजिष्टर्ड खुद्रा व्यवसायीमार्फत औषधिको विक्री वितरणको व्यवस्था मिलाउन अपिल

काठमाडौं फागुन २३ , औषधि थोक व्यवसायी संघले  आफ्ना सम्पूर्ण सदस्य व्यवसायीलाइ  जुनसुकै किसिमका विषम परिस्थितीमा पनि आफ्नो कर्मक्षेत्रमा रत्तिभर विचलित नभइ क्रियाशील हुन आव्हान गर्नुको अलावा आफुसंग रहेको औषधिको मौज्दातलाइ सहज र सरलरुपमा औषधि व्यवस्था विभागमा रजिष्टर्ड भएका औषधिका खुद्रा औषधि व्यवसायीमार्फत मात्र विक्री वितरण गर्ने व्यवस्था मिलाउँन अनुरोध गरेको छ ।

विश्वमान चित्रका दुइ दर्जन भन्दाबढी मुलुकलाइ आक्रान्त पार्दै आएको कोरोना भाइरसको बढ्दो प्रभावका कारण  भारतले नेपालान निर्यात गर्दै आएको विभिन्न प्रकारका औषधिमा रोक लगाएसंगै नेपाली औषधिको बजारमा   औषधिको अभाव हुने भन्ने जस्ता अनेकन प्रोपोगण्डा भइरहेको विषयलाइ आत्मासात गर्दै व्यक्तिगत रुपमा उपभोक्तालाइ परिणात्मक विक्री वितरण नगर्न÷नगराउन संघका केन्द्रस्य महासचिव गणेश नेपालद्दारा हस्ताक्षरित अपिलमा उल्लेख गरिएको छ ।

त्यस्तै अपिलमा औषधि बजारमा फैलिएको भ्रामक अड्कलवाजीका कारण उपभोक्ताको तर्फबाट औषधि सञ्चयका लागि बजारमा औषधिको माग बढ्नुको अलावा विक्री वितरणमा समेत अनियमिता भइरहेको भन्ने जानकारी प्राप्त भएसंगै संघले यस्तो अपिल जारी गरेको उल्लेख गरिएको छ ।  त्यस्तै मुलुकमा देखिएको विषम परिस्थितीको अवस्थामा औषधि व्यवसायीले थप जिम्मेवार हुँदै आफ्नो व्यवसायलाइ निरन्तरता दिनु व्यवसायिक धर्म तथा दायित्व भएको उल्लेख गर्दै प्रस्तुत दायित्व निर्वाह गर्न सकेमात्र औषधि थोक व्यवसायीको गरिमा र प्रतिष्ठामाथि कुनै किसिमको प्रहार हुन नसक्ने जिकिर गरिएको छ ।

साथै औषधि व्यवस्था विभाग, औषधि आयातकर्ता संघ र औषधि उत्पादक संघको तर्फबाट मुलुकमा आगामी ३ देखि४ महिनाको लागि पुग्ने औषधिको प्रर्याप्त मौज्दात रहेको सार्वजनिक जनाउ संगै मौज्दात रहेका ती औषधि थोक औषधि व्यवसायी संघ संगको समन्व्यमा विक्री वितरण गराउँने व्यवसथ मिलाउँन र आम नागरिक जनमा पनि औषधि अभाव हुन्छ भन्ने भ्रममा पर्दै आवश्यकता भन्दा बढि औषधि सञ्चय नर्गनका लागि आग्रह गर्नुके अलावा औषधिको कारोवारको क्रममा कुनै कालाबजारी भइरहेको सूचना पाइएमा तत्काल राज्यका नियमक निकाय संगै संघमा समेत जानकारी गराउँन अपिल गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।