बुधबार, बैशाख १२, २०८१

यस्तो छ  COVID-19 नियन्त्रण उच्चस्तरीय समन्वय समितिको थप १२ बुँदे निर्णय

काठमाडौ चैत १३ , उपप्रम तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले लकडाउनमा औषधि, खाद्यवस्तु लगायतको ढुवानीका लागि सञ्चालनमा रहेका सवारीसाधनले सेवा प्रवाह गर्न पाउँने तर यात्रु ओसारपसार गर्न नपाउने लगायत १२ वटा निर्णय गरेको छ ।

त्यस्तै बैठकले स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्‍चालन गर्न सहजीकरण गर्न निर्देशन समेत दिएको छ ।

साथै इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्‍त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्‍त्रालयले समन्वय गरी विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउनुकोसंगै  औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्‍न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनकोव्यवस्था गर्ने।

गृह मन्‍त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने त्यस्तै सञ्‍चार मन्त्रालयले प्रधानमन्‍त्री तथा मन्‍त्रिपरिषद्को कार्यालय, गृह मन्‍त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयमा ४ अंकको टोल फ्री टलिफोन सेवा जडान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

हेर्नुस् निर्णय:

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।