बुधबार, बैशाख ५, २०८१

मोबाइलका ग्राहकलाइ रिचार्ज बराबरकै बोनस ब्यालेन्स दिन प्राधिकरणको निर्देशन

यस्तो छ टेलिकमको अनलिमिटेड भ्वाइस प्याकको सुविधा

काठमाडौं चैत १२,  नेपाल दूरसञ्चार प्राधिकरणले मुलुक लकडाउन भएको अवस्थामा ग्राहकलाई बाहिर जान र रिचार्ज किन्न समस्या हुने भन्दै मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज बराबरकै बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएको छ ।  प्राधिरकण अध्यक्ष पुरुषोत्तम खनालका अनुसार प्राधिकरणको सञ्चालक समिति बैठकले ‘टप अप’ गरिने ब्यालेन्स बराबरकै बोनस थप्न निर्देशन दिनुको अलावा सापटी रकमको सीमा पनि बढाएर २ सय रुपैयाँ पुर्‍याउन निर्देशन दिइएको बताए ।

यसैवीच नेपाल टेलिकमले अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु घोषणा गरेका छन । टेलिकमको यो भोषणा संगै अव ग्राहकले कुरा गर्दैगर्दा पैसा सकिने चिन्ता नलिई जति पनि कुरा गर्न सकिने भएको छ ।

अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिने जनाउँदै भ्वाइस प्याक खरिद गर्नका लागि सिधै *1415*9*2# डायल गर्न वा DVUNL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । यो प्याक एक पटक लिए पछि २४ घण्टाभित्र उपयोग गरिसक्नु पर्ने जनाएको छ ।

त्यस्तै राती कुराकानी गर्नुपर्ने ग्राहक लक्षित गर्दै अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिने र यो प्याक लिनका लागि *1415*1*5*4# डायल वा LNVUNL लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिने जनाएको छ।  साथै विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415# मा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न पनि सकिने टेलिकमले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829